Thursday, November 23, 2017

निर्वाचनका लागि रसुवागढी–केरुङ नाका बन्द

रसुवा, मंसिर ७ । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि रसुवागढी–केरुङ नाका बन्द हुने भएको छ ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै दुवैतर्फ नाकामा हुँदै आएको आवागमन बन्द गरिने भएको हो ।

निर्वाचन गतिविधिमा अवरोध पुर्‍याइ सीमापार गरी चीनतर्फ जानसक्ने अवस्थालाई मध्यनजर गर्दै बिहीबार रातिदेखि लागू हुने गरी १० गते रातको १२ बजेसम्म नाका ‘सिल’ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...