Saturday, November 25, 2017

केपी ओलीले गरे शेरबहादुर देउवा माथि कसैले नसोचेको राजनीतिक भविष्य बाँणी {भिडियो}

९ मंसिर, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नु पर्ने बताएका छन् । एमाले एक्लैले महानगर जितेको स्मरण गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिल्दा फेरि कतै विजुलो उम्किएर आयो भने लाज हुँदैन हामीलाई ।

कोही पनि आउनु हुँदैन । नौ का नौ वामपन्थी गठबन्धन आउनुपर्छ । ओलीले अघि थपे, ‘कास्कीका जनताले अब गाउँखाने कथामा जस्तै भनिदिनुपर्छ, कास्की जिल्लाको सेरोफेरो सबै हाम्रो । अन्त कहाँ कहाँ खोज्न पर्छ खोज ।’ झण्डै आधा घन्टा लामो भाषण गरेका एमाले अध्यक्ष ओलीले चुनावपछि वामपन्थी सरकार बन्ने र केरुङबाट काठमाडौंसम्म आउने रेललाई पोखरा ल्याइने बताए ।

उनले अघि भने, ‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन । ‘ एमाले अध्यक्ष ओलीले पुसपछि मुलुकमा नेपाली कांग्रेस नेतृत्वको सरकार नरहने बताए ।

भिडियो हेर्नुस्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...