Monday, November 27, 2017

नतिजा वाम गठबन्धनको पक्षमा आउँछ ः अध्यक्ष ओली

नेपालगन्ज, ११ मंसिर  ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा वाम गठबन्धनको पक्षमा आउने बताउनुभएको छ ।

वाम गठबन्धनद्वारा आज यहाँ आयोजित चुनावी सभामा उहाँले भन्नुभयो, ‘“म मुलुकको जुनजुन ठाउँमा गए, वाम गठबन्धनकै पक्षमा जनलहर उर्लिएको पाएँ, यसले अबको सरकार वाम गठबन्धनको हुने संकेत दिएको छ ।”

अध्यक्ष ओलीले वाम गठबन्धनको सरकार बन्यो भने सबै नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर आर्थिक समृद्धि र विकासको बाटोमा मुलुकलाई अघि बढाइने विश्वास दिलाउनुभयो ।

“हामी सबै नेपालीको सम्मान र समान आदर गर्छौं, हाम्रो सहअस्तित्वको जगेर्नाबाट मात्र राष्ट्रिय एकता र स्वाभिमानलाई जीवन्त राख्न सकिन्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले संविधान निर्माणपछि यसको कार्यान्वयनको बाटो सहज थिएन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि यसको कार्यान्वयनको मार्ग प्रशस्त हुनेछ र मुलुकलाई स्थिर राजनीतिको मार्गमा हिँडाइनेछ भन्नुभयो ।

नेकपा (माओावादी केन्द्र)का नेता रामबहादुर थापाले ‘यो चुनाव हामी बहुमतले जित्दैछाँै, अब बन्ने कम्युनिष्टको शक्तिशाली सरकारले मुलुकमा औद्योगिक र आर्थिक क्रान्तिको ढोका खोल्नेछ’, भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...