Sunday, November 26, 2017

एनआरएनए अमेरिका न्युयोर्क शाखाको रक्तदान कार्यक्रम सम्पन्न

विश्व कै सम्राट राज्यमा न्युयोर्कमा गत नोभेम्बर २४ तारिखका दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्युयोर्क शाखाले आयोजना गरेको रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ l

उक्त रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी तथा अन्य समुदाय सदस्यहरुले रक्तदान गरेका थिए l कुल ४७ जनाले रक्तदान गरेको तथा रगत दान गर्न आएका सबैले रक्तदान समेत गर्न नपाएको जानकारी शाखा अध्यक्ष रामहरी अधिकारीले दिएका छन् l

यसको साथै रगत दान गरेकालाई सो अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो । उक्त रगतदान कार्यक्रममा न्युयोर्क महाबाणिज्य दूताबासका महा बाणिज्य दूत मधु कुमार मरासिनी ,बाणिज्य दूत कृशु क्षेत्री ,एनआरएनए का उप क्षेत्रीय संयोजक नविन शेरचन ,बल्ड डोनर्स अफ अमेरिकाका पूर्व अध्यक्ष अर्जुन प्रसाद मैनाली समाजसेवी लगायत संचार कर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने तथा हौशला दिने गर्ने सबैलाई एनआरएनए अमेरिका न्युयोर्क शाखाका अध्यक्ष अधिकारीले धन्यवाद दिएका छन् l

तस्बिर :महेश मल्ल मुहार पुस्तिका बाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...