Saturday, November 4, 2017

बिराटनगर नेपाल औषधिगत बिक्री प्रवन्धक संगठनको अध्यक्षमा प्रमित निरौला निर्वाचित ,माननीय मन्त्री मन्डल द्वारा कार्यक्रमको उद्घाटन

नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन बिराटनगर शाखाको ५ औं अधिबेशनबाट अध्यक्षमा प्रमित निरौला निर्वाचित भएका छन् l कार्यक्रमको सभापति पिई एएन बिराटनगर शाखाका अध्यक्ष दुर्गा राज भट्टराईले गरेका थिए l

प्रमुख अतिथि माननीय मन्त्री शिव कुमार मन्डल रहेका थिए भने विशिष्ट अतिथि पीईएएनका केन्द्रिय अध्यक्ष सुरजित दत्त ,केन्द्रिय उपाध्यक्षहरु ,अतिथिहरुमा पत्रकार महासंघका उपाध्यक्ष कुमोद अधिकार ,सुशीला पाठक ,नेपाल औषधि व्यवसायी संघ कोशीका अध्यक्ष कुमार खतिवडा ,युवा अभियन्ता अविनाश थापा मगर,युथ फर ब्लडका संस्थापक सरोज कार्कीको उपस्थिति रहेको थियो l

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय मन्त्री शिव कुमार मण्डले गरेका थिए भने प्रमुख अतिथिबाट बाढी पीडितलाई सहयोग गर्नेहरुलाई कदर पत्र बितरण गरेका थिए l कार्यक्रममा युवा अभियन्ता अविनाश थापा मगर र युथ फर ब्लडका संस्थापक लाई सम्मान गरिएको थियो l

५ औ अधिबेशनबाट प्रमित निरौला अध्यक्ष ;उपाध्यक्ष सुर्य प्रसाद दाहाल ;सचिव सुबोध गौतम;सह सचीव सन्तोष शर्मा;कोषाध्यक्ष पवन थारु;सह कोशाध्यक्ष सागर थापा निर्वाचित भएका छन् l

यसै गरि सदस्यहरु कमल अधिकारि,बेद प्रकाश् चौधरी,नेत्र पौडेल,नरेश प्रसाद साह,शिव कुमार सिंह,सन्तोष कुमार रौनियार तथा श्रावण श्रेष्ठ निर्वाचित भएका छन् l अध्यक्ष र उपाध्यक्ष बाहेक बाकी रहेको पदमा सर्वसम्मति बाट चयन भएको छ l

मन्तव्य दिने क्रममा प्रमुख अतिथि माननीय मन्त्री शिव कुमार मन्डलले पहिचानको लागि आफू पहल गर्ने प्रतिबद्धता जाहेर गर्दै शुभकामना व्यक्त गरेका थिए केन्द्रिय अध्यक्ष सुरजित दत ले पिईएएन ले सामाजिक भुमिकामा तथा विभिन्न संघ संस्थाको सहकार्य गर्दै पिईएएनलाई देश भरी चिनाउनका साथ पिईएएन सदस्यहरुको अधिकार र पहिचानको लागि आफू प्रतिबद्ध रहेको बताए l

यसै गरि अतिथि नेपाल औषधि व्यवसायी संघ कोशीका अध्यक्ष कुमार खतिवडाले आफ्नो महत्त्वपूर्ण भनाइहरु राख्दै शुभकामना दिएका थिए l कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य पिईएनएनका सल्लाहकार कुमार बस्ताकोटी ले गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...