Thursday, November 2, 2017

म्यान्चेस्टर सिटी नक आउट चरणमा प्रवेश

काठमाडौं, कात्तिक १६ । इङ्लिस क्लबहरु म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।

 

समुह चरणको चौथो खेलमा बुधबार राती सहज जित हात पार्दै सिटी र टोटनह्यामले राउण्ड अफ सिक्सटिनमा स्थान बनाएका हुन् ।समुह एच को खेलमा स्पेनिस प्रतिद्वन्द्वी रियाल मड्रिडलाई ३-१ ले हराउँदै टोटनह्याम अर्को चरणमा प्रवेश गर्‍यो ।

टोटनह्यामसँग पराजित टोली रियाल मड्रिडले भने अर्को चरण पुग्न कम्तिमा अर्को खेलसम्म कुनुपर्ने भएको छ ।यही समूहको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र साईप्रसको अपोईल निकोसियाले १-१ गोलको बराबरी खेलेका छन् ।

उता समुह ई को खेलमा ईटालीको नापोलीलाई ४-२ ले हराउँदै इङ्ल्यान्डको म्यान्चेस्टर सिटी पनि राउण्ड अफ सिक्सटिनमा पुगको छ ।यही समूहको अर्को खेलमा युक्रेनको शख्तरले नेदरल्याण्ड्सको फेयनुर्डलाई ३-१ ले हरायो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...