Monday, November 27, 2017

सगुनमा ५२ देशबाट लगानी, कोरियाबाट सवैभन्दा धेरै लगानीकर्ता (भिडियो सहित)

इनेप्लिज डेस्क, अमेरिका ।

सोसियल मिडिया र सोसियल कमर्शलाई एउटै प्लेटफर्ममा ल्याउने महत्वकांक्षी योजनाकासाथ नेपालीहरुले स्थापना गरेको सगुनमा हालसम्म ५२ वटा देशबाट लगानी भएको सगुनले जनाएको छ । मिनि आइपीओ अन्तर्गत पहिलो चरणको लगानी सगुनले अमेरिकाबाट शुरु गरेको थियो भने दोश्रो चरणको शुरुवात बेलायतबाट गरेको थियो । लगानी खुल्ला गरेको हालको दोश्रो चरणमा दक्षिण कोरियाबाट सबैभन्दा धेरै लगानीकर्ताहरुले लगानी गरेकाछन् । यसैगरि लगानीकर्ताको संख्याको आधारमा दोश्रो स्थानमा अमेरिका रहेको छ भने तेश्रो स्थानमा बेलायत रहेको छ । यस्तै अष्ट्रेलिया, जापान र युएई क्रमश चौथो, पाँचौ र छैटौं स्थानमा रहेको सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी गराए ।

सगुनको लगानीको यस चरणमा न्यूनतम रकम एक हजार अमेरिकी डलर वा सो भन्दा बढी लगानी गर्न सकिने छ । सगूनले यस पटकको लगानीको चरणमा क्रेडिट वा डेविट कार्डबाट समेत लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर सिटौलाका अनुसार हालसम्म धेरै व्यक्तिहरुले वायर ट्रान्सफर मार्फत लगानी गरेका छन् । त्यसैगरि हालसम्म पाँच हजार भन्दा बढी व्यक्तिहरुले औषत सोह्् सय अमेरिकी डलरका दरले लगानीको लागि इच्छा जाहेर गरिसकेको कुरा पनि सिटौलाले बताए ।

विश्वभरबाट सर्वसाधारणहरुले लगानी गर्न पाउने यस अवसरमा सहभागिहुनेहरुमा नेपालीहरुको संख्या नै सवैभन्दा बढी रहेको जनाइएको छ । त्यसै गरि भारतीय, अमेरिकी, मध्यपूर्व एशिया लगायतका नागरिकहरुको समेत उल्लेख्य लगानी रहेको जनाइएको छ । आइटी तथा सोसियल मिडियाको क्षेत्रमा विश्वव्यापी लहर ल्याउन सफल सगुनप्रति विश्वभर छरिएर रहेका नेपालीहरुले धेरै आशा र भरोसा राखेको पाइएको छ । नेपालीले पनि इनोभेसनको क्षेत्रमा विश्व माझ शिर उठाउने कोशिस गरेको सगुनमा सकेसम्म धेरै भन्दा धेरै नेपालीहरुको साथ र सहयोग प्रदान गर्न लगानीकर्ताहरु स्वयं उत्साहित हुंदै लागेको विभिन्न सोसियल मिडियाहरुमा देखिएको छ । आफूले लगानीको गरेको जानकारी विभिन्न सामाजिक सञ्जालहरु मार्फत दिंदै अरुलाई पनि यो अवसरमा सहभागि हुन अनुरोध गरिएका सन्देशहरु व्यापकरुपमा देख्न थालिएको छ ।

सोसियल मिडियाको क्षेत्रमा नयाँ र नौलो सोचका साथ अगाडि आइरहेको सगुनले एन्ड्रोइड एप छिटै नै ल्याउँन लागेको जनाइएको छ । यसै गरि २०१८ मा बजारमा ल्याउने गरि निर्माण कार्य शुरु गरिसकिएको सोसियल स्मार्ट कार्डले सामाजिक सञ्जाल र सोसियल कमर्शको क्षेत्रमा नयाँ आयामको शुरुवात हुने कुरामा सगुनका संस्थापक गोविन्द गिरी विश्वस्त छन् ।

अमेरिकी सरकारको सेक्युरिटिज् एण्ड एक्सचेञ्ज कमिसनबाट मिनि आइपीको स्विकृत प्राप्त गरेर सर्वसाधारणमा स्वामित्व शेयर विक्री गर्ने सोसियल मिडियासंग सम्वन्धित पहिलो स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणको लगानी खुल्ला भएको क्षण देखि यसलाई साथ र सहयोग गर्ने नेपालीहरुको संख्या झन् झन् बढ्दो छ ।

पहिलो चरणमा ३५०० भन्दा बढी व्यक्तिहरुले लगानीकोलागि इच्छा जाहेर गरेका थिए भने ६० भन्दा बढी देशहरुबाट लगानी भएको थियो । सो चरणमा अमेरिकाबाट सवै भन्दा धेरै लगानी भएको थियो भने लगानीकर्ताको संख्याको आधारमा दक्षिण कोरिया दोश्रो र अष्ट्रेलिया तेश्रो थिए । त्यसैगरि क्रमशः वेलायत, जापान र युएई बाट लगानीकर्ताहरुले लगानी गरेका थिए ।

सगुनले हाल खुल्ला गरेको दोश्रो चरणको लगानी यहि नोभेम्वर ३० तारिक मध्यराती (न्यूयोर्क समय अनुसार) देखि बन्द हुंदैछ । सो समयसम्म विश्वभरबाट जो कोहि सर्वसाधारणले पनि सगुनमा लगानी गर्न सक्नेछन् । तर नेपालको कानूनि प्रावधानको कारणले नेपालबाट भने लगानी गर्न पाइने छैन । लगानी गर्न भर्नु पर्ने फाराम सगूनको साइटमा उपलब्ध छ जुन अत्यन्तै सरल र करिव ५ मिनेटमा नै जहाँबाट पनि भर्न सकिनेछ । फाराम भर्न वा लगानी रकम पठाउने विषय लगायत अन्य कुनै पनि प्रकारको प्रश्न वा जिज्ञासा भएमा सगुनको पेजमा उपलब्ध भएको हेल्प सेन्टरबाट २४ सै घण्टा अंग्रेजी, नेपाली र हिन्दी भाषामा सहयोग लिन सकिने छ ।

लगानीको लागि तथा सगुनको बारेमा थप जानकारीकोलागिः
http://bit.ly/2iD4zi3

सगुनको बहुप्रतिक्षित सोसियल स्मार्ट कार्ड सम्वन्धी भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...