Monday, November 27, 2017

एनआरएनए न्युयोर्क शाखाको रक्तदान कार्यक्रम भब्यता साथ सम्पन्न (थप तस्बिरहरु सहित )

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद न्युयोर्क च्याप्टरले गत मिति नोभेम्बर २५ ,२०१७ मा स्थानीय न्युयोर्कमा अवस्थित सामाजिक सँस्था अधिकार कार्यालयमा आयोजनमा गरेको रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न भयो ।

महावाणिज्य दुतावास न्युयोर्क कार्यालयका महाबाणिज्यदुत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वाणिज्यदुत कृसु छेत्री तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद अमेरिकाका सचिव होम नाथ गौतमवाट रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको यस कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए ।

एनआरएनए उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक नबिन सेरचन ,एनआरएनए अमेरिका महासचिव बि.आर लामा , बोर्ड सदस्य संजय थापा , बोर्ड सदस्य आङ्गनिमा गेल्जे शेर्पा ब्लड डोनर्स अफ अमेरिका का पूर्व अध्यक्ष अर्जुन मैनाली बर्तमान उपाध्यक्ष ,निम्मा शेर्पा बुद्धिजीवी प्रा.ड़ा. तारा निरौला ने ज स अमेरिका पूर्व सँयोजक तथा समाजसेवी बिष्णु सुबेदी र सामाजिक अभियन्ता दुर्गेश कार्की मिडियाकर्मी एव पत्रकारहरु ज्योति कुमार श्रेष्ठ , सच्ची मैनाली र अशोक पन्त , मानव अधिकारकर्मी नर्बदा छेत्री, च्याप्टर महिला सँयोजक कंचन केसी बस्नेत लगायत अन्य सामाजिक सँघ सँस्था प्रतिनिधिहरुको उपस्थीति रहेको थियो साथै बिद्यार्थी भाईबहिनीहरु स्वयमसेवकको रूपमा खटिएका थिए ।

उक्त रक्तदान कार्यक्रम च्याप्टर महासचिव महेश खड्का बिषेश समन्वय एनआरएनए युएसए का सचिव होम नाथ गौतम साथै कार्यक्रमको संयोजन च्याप्टर उपाधक्ष्य बिष्णु रानामगरको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीबाट स्वयम् सेवक भाईबहिनिहरुलाई प्रमाण पत्र वितरणका साथै धन्यवाद प्रकट गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...