Sunday, November 5, 2017

चुनाबी अभियान मा तरुण दल कास्की , जित निश्चित छ : गुरुङ

नेपाल तरुण दल कास्कीले आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि कार्य बिभाजन सहीत सम्पूर्ण तरुणहरुलाई चुनाबका लागि तयार रहन आग्रह गरेको छ | तरुण दल कास्की को आकस्मिक बैठक बोलाउदै अध्य्क्ष मनोज गुरुंगले यही मङ्सिर २१ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काँग्रेसले रणनैतिक हिसाबले चुनाब लड्न लागेको र चुनाबी अभियानमा लाग्दा  जस्तोसुकै परिस्थितिमा पनि आफ्ना कार्यकर्ता तथा तरुण साथीहरुलाई डटेर सामना गर्न निर्देशन दिएका छन् | उनले कास्कीमा लोकतान्त्रिक शक्तिको जित निश्चित भएको भन्दै जीतका लागि तरुण दल अग्रसार रहेको पनि बताएका छन् |
आजकै दिनबाट तरुण साथीहरुलाई चुनाबी अभियानमा खटाइएको र चुनाब शान्त र सौहाद्रपुर्ण बातावरणमा हुने कुरामा बिस्वस्त रहेको पनि गुरुङले जानकारी दिएका छन् |
नेपाल तरुण दल केन्द्रको परिपत्र अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस कास्कीका प्रत्यासी सम्पूर्ण उमेद्वारहरुलाई बिजयी गराउनका लागि लाग्नुपर्ने नेपाल तरुण दल कास्की का सचीब नरेन थापाले बताए |
तरुण दल कास्कीले प्रत्यक बुथमा ५० जना तरुण युवा परिचालन गर्ने र प्रचार प्रसार को लागि सामाजिक संजाल प्रयोग गर्ने गरि ५/५ जना युवा मार्फत सबै माझ नेपाली कांग्रेसका एजेन्डा र घोषणा पत्र र प्रतिबद्दता जनता माझ पुग्नुपर्ने भन्दै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपाली कांग्रेसको बहुमतको सरकार बनाउन लाग्नुपर्ने पनि सचीब थापाले बताए |
त्यस्तै सोहि बैठकले विभिन्न उपसमिति हरु गठन गरेको छ | प्रचार प्रसार तथा सामाजिक संजाल संयोजक मा उत्तम पौडेललाइ जिम्बेवारी दिइएको छ | त्यस्तै क्षेत्र न १ क मा धनेश्वोर न्यौपाने ख मा राधाकृष्ण तिवारी , क्षेत्र न २ क मा पुजन थकाली ख मा मदन बस्नेत क्षेत्र न ३ क मा प्रकाश त्रिपाठी र ख मा बिकाश गुरुङ लाइ संयोजक तोकिएको छ |
बैठकले अध्य्क्ष मनोज गुरुङ र सचीब नरेन थापाको सम्योजकतोमा तरुण केन्द्रिय पार्षद , महाधिबेशन प्रतिनिधि, क्ष्रेत्रिय समिति ,प्रदेश समिति , पोखरा लेखनाथ महानगर समिति , वडा ,ईकाई , पूर्णकालीन सदस्य सहीतको ५००१ रहने गरि मूल तरुण परिचालन समिति  गठन गर्ने पनि बताइएको छ |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...