अमेरिकाको डिसी महानगर क्षेत्र को मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनईसीसी )को सभापतिमा न्यौपाने दोश्रो पटक निर्वाचित भएका छन् l उक्त निर्वाचनमा उनि लगायत सबै पदहरुमा उम्मेद्वारहरु निर्बिरोध बिजयी भएका हुन् l न्यौपाने बिराटनगर निवासी हुन् भने सन् २०१४ मा पनि उनि निर्बिरोध निर्वाचित भएका थिए l
गत नोभेम्बर ४ तारिख उनि लगायत मनोनित भएका सम्पूर्ण पदाधिकारीहरुले सपथ ग्रहण लिएका थिए l उनले पशुपति बुद्ध मन्दिर निर्माण गर्न आफ्नो समितिमा कार्यकारी समिति लगायत कुल ३४ जना सहितको समिति निर्माण गरेका छन् l
संस्थाको हित ,उन्नति ,प्रगति र विस्तारको लागि मन ,वचन र कर्मले काम गर्ने सपथ ग्रहण लिएका छन् l सन् २०१४ मा ७ सदस्यीय समिति रहेता पनि यस पटक ४ वटा उपाध्यक्षहरु र उनीहरुको क्षेत्र समेत तोकिएको छ l सचिब मा २ जना सहित उनीहरुको समेत क्षेत्र निर्धारण गरिएको छ l यसै गरि उप कोषाधक्ष्यहरु २ जना गरि उनीहरुको क्षेत्र समेत तोकिएको छ l
उक्त कार्यकारी समितिमा ११ जना सदस्यहरु रहेका छन् भने समितिको पदावधि ३ बर्षको हुने छ l उनले एनईसीसी मा अध्यक्ष भए पछि कोष वृद्धि गर्ने उद्देश्यले गत ३ बर्ष देखि देउसी भैलो कार्यक्रम संचालन गरेका छन् l र यस पटकको देउसी भैलो सहित अहिले सम्म १ लाख डलर भन्दा ज्यादा देउसी भैलो बाट आर्थिक लाभ गराउन सफल भएका छन् l
केहि समय अगाडी नेपालका एक मात्र अर्बपति बिनोद चौधरीले पशुपति बुद्ध मन्दिरको लागि बुद्ध को मुर्ति प्रदान गरेका थिए l र उक्त मुर्तिको उद्घाटन बिनोद चौधरी को जीवन संगीनीले उद्घाटन गरेकी थिइन् l यसरि न्यौपानेको नेतृत्वमा पुन समिति चयन भएकोमा समुदायले सकारात्मक रुपमा लिएका छन् |
नया निर्वाचित पदाधिकारीहरुमा खिलेन्द्र न्यौपाने :सभापति ,सरोज प्रजापति ;उपाधक्ष्य (बुद्ध )द्वितीय ,राम चन्द्र खरेल ,उपाध्यक्ष (कोष वृद्धि )लोक तिवारी ;उपाध्यक्ष (पशुपति )उमेश निरौला ;उपाध्यक्ष ( योजना ) ,नेत्र घिसिङ्ग ;महासचिब,लक्ष्मण प्रधान ;कोषाधक्ष्य , राम चन्द्र भट्टराई ;उप कोषाधक्ष्य तथा उप कोषाध्यक्षमा पन्च श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् |
यसै गरि निर्वाचन समितिले संस्थालाई अझ मजबुत बनाउन र सहयोग लिने उदेश्यले डिसी महानगर क्षेत्र वरपरका बिभिन्न व्यक्तिहरुलाई बिभिन्न पदमा मनोनित अध्यक्ष न्यौपानेले गरेका छन् l अमेरिका भरका नेपाली समुदाय तथा बिशेष गरि डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको अथक प्रयासबाट सामुदायिक केन्द्र तथा मन्दिर स्थापना भएको हो l
यसै गरि संचालक समिति (बोर्ड अफ ट्रस्टी )मा कृष्ण निरौला को नेतृत्वमा ११ सदस्यीय समिति बनेको छ l यसै गरि अध्यक्ष नेउपानेले ७ सदस्यीय सल्लाहकार समिति बनाएका छन् l
सल्लाहकारहरुमा एएनए का संस्थापक अध्यक्ष हरि शर्मा ,महेन्द्र कार्की ,प्रेम राजा महत ,एएनए का अध्यक्ष मेदिनी अधिकारी ,लेख परीक्षक हरि शर्मा ,एएनएस का पूर्व अध्यक्ष तथा नेपाल अमेरिका पत्रकार संघका निर्वाचित अध्यक्ष नगेन्द्र पौडेल तथा गणेश लाल कायस्थ लाई अध्यक्ष नेउपानेले मनोनित गरेका हुन् l
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र निर्वाचन को घोषणा निर्वाचन आयुक्त महेन्द्र कार्की सहित हरि शर्मा तथा गणेश लाल कायस्थ सदस्य रहेको निर्वाचन समितिले निर्वाचन को परिणाम घोषणा गरेको थियो l
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र १९८३ मा स्थापना भएको दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को एक उपज हो l यसै सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध नेपाली मन्दिर स्थापना गरिएको छ l एनईसीसीले उक्त सामुदायिक केन्द्रको सम्पूर्ण रकम भुक्तानी गरि मन्दिर पनि आफ्नै नाममा दर्ता गरि धनि पुर्जा प्राप्त गरि सकेको छ l एनईसीसी अमेरिकन सरकार अन्तर्गत पूर्ण गैर मुनाफा सामाजिक संस्थामा दर्ता भै संचालनमा रहेको छ l
No comments:
Post a Comment