Sunday, November 5, 2017

काँग्रेसको विकल्प अन्य कुनै पार्टी छैनः मन्त्री थापा

पोखरा, १९ कात्तिक  ः कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसको विकल्प अन्य कुनै पार्टी नरहेको बताउनुभएको छ ।

काँग्रेस क्षेत्र न १ कास्कीले पोखरा लेखनाथ महानगरपालिका–१४ नयाँ एयरपोर्ट गेट नजिक स्थापना गरेको चुनाव प्रचारप्रसार समिति कार्यालयको आज उद्घाटन गर्दै काँग्रेसका नेता थापाले देशको समग्र आर्थिक विकास काँग्रेसले मात्रै गर्न सक्ने जिकिर गर्नुभयो ।

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान काँग्रेसकै बहुमतको सरकारबाट मात्रै कार्यान्वयन हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं १ (ख)का उम्मेदवार कृष्ण केसी, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, काँग्रेस महानगर एकाइ समितिका सभापति वजिरमान श्रेष्ठ, नेता प्रकाशमोहन खनाल, विमल बस्याल, कोपिला रानाभाट, चन्द्रावती पौडेल, रसकुमारी पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै काँग्रेस क्षेत्र नं १ को भेलाले क्षेत्रीय सभापति विर्जमान गुरुङको संयोजकत्वमा एक हजार १११ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...