Friday, November 24, 2017

समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा नेपाली फस्दैनन्ः ओली

धनगढी, ८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गर्नुभएको छ ।
यहाँ आज आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिरता टुंग्याई देशको विकास गर्न एमाले र नेकपा(माओवादी केन्द्र)बीचको एकीकरण गर्न लागिएको स्पष्ट गर्नुभयो ।

विभिन्न जातजाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति क्रियाशील रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “जातीय क्षेत्रीय रुपमा विभिन्न समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा अब नेपाली जनता फस्नेवाला छैनन् ।”

नेता ओलीले चुनावका बेला सुरक्षाकर्मी र कर्मचारीले निष्पक्षताको व्यवहार देखाउनुपर्नेमा जोड दिनुभयो ।

सभामा कैलाली निर्वाचन क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना, एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी केन्द्रका नेता रामबहादुर थापा, लेखराज भट्टलगायतले पनि बोल्नुभएको थियो । नेता ओलीले कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आयोजित चुनावीसभालाई समेत सम्बोधन गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...