Sunday, November 5, 2017

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

नवलपरासी १९ कात्तिक ः नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् ।

जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज शैलेस पहलवानले संयुक्तरुपमा जितेको हुन् ।

खेलमा प्रथम हुने विजेताले क्रमश रु ६ हजार नगदसहित एक थान टीभी सेट र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी खेलमा द्वितीय हुनेलाई रु ४ हजार, एक थान टीभी तथा तृतीय हुनेलाई रु २ हजारसहित एक थान साइकल प्रदान गरिएको थियो ।

विजेता कुस्तीबाजहरुलाई निवर्तमान् सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा कुल ४२ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...