Sunday, November 5, 2017

अमेरिका तथा क्यानडामा हुनेहरुको लागि सन् २०१८ को नेपाली पात्रो तथा क्यालेन्डर प्रकाशन

 

अमेरिका तथा क्यानडामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण हिन्दु सम्प्रदाय तथा नेपाली र भूटानीहरुको लागि “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”मा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित “मारुतिनन्दन नेपाली पञ्चाङ्ग” पात्रो र “मारुतिनन्दन नेपाली क्यालेन्डर” यहीकै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय समयको आधारमा अथक् मिहिनेत र प्रयासका साथ तेस्रो प्रकाशन गर्न सफल भएका छौँ । अमेरिका र क्यानडामा बस्ने नेपालीहरुको समयको मागअनुरुप जथाभाबी प्रयोग गरिने भ्रमलाई निराकरण गर्ने उद्देश्यका साथ दर्ता भएको संस्था “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”ले गरेको यो काम एक उदाहरणीयका साथै प्रशंसा गर्न लायक छ । ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र” ज्योतिष र हिन्दु संस्कारसम्बन्धी काम गर्नका लागि खोलिएको नाफामुक्त ( Non profit organization) संस्था हो । बरिष्ठ ज्योतिषी पद्मलाल ढकालको विशेष पहलमा यो कार्य सम्पन्न भएको हो । अबदेखि नेपाल तथा भारतका लागि बनाइएका पात्रा तथा क्यालेन्डरहरुको आधारमा मनोमानी अन्दाजको भरमा प्रयोग गर्ने झन्जटबाट हामी सबै नेपाली मुक्त भएका छौं । नेपाली चाडपर्व तथा अमेरिकी चाडपर्व र तिथिमिति थाहा पाउन यस्को प्रयोगबाट निकै सहज् भएको छ भन्ने कुरामा दुई मत छैन । यो कुनै त्यस्तो व्यापारमुखी कार्य नभई यस्तो खालको अनुसन्धानमूलक कामको लागि कार्यालयीय ख़र्च र प्रकाशन तथा वितरण खर्चमा भार नपरोस् भन्ने उद्देश्यले सहयोग स्वरुप पात्रोको लागि आठ र क्यालेन्डरको लागि ६ डलरको मूल्य तय गरेका छौँ, सहयोग गर्न सक्नु हुने महानुभावहरुले त्यो भन्दा बढी पनि गर्न सक्नुहुनेछ । लेखन तथा सम्पादनमा केही कमी कमज़ोरी भएमा जानकारी तथा प्रतिकृया जनाउनु होला, अर्को वर्ष हामी सुधार गर्नेछौं । आफ्नो साथिभाई इस्टमित्रलाई पनि यसको बारेमा जानकारी दिनुहोला ।

पञ्चाङ्गको बारेमा कुरा गर्नु पर्दा यसभित्र नेपालबाट निस्कने पात्रोहरुमा जस्तै धेरै जानकारीमूलक कुराहरु समावेश गरिएको छ । जसमा नेपाली गते, बार, तिथि, नक्षत्र, योग र करणको घडिपला र घन्टा मिनट बजेमा राखिएको छ । नेपाली तथा अमेरिकन विदा तथा चाडपर्वहरुको बारेमा पनि सूचिकृत गरिएको छ । वार्षिक राशिफल तथा ग्रहयोग र विभिन्न उपयोगी सामग्रीसमेत उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...