अमेरिकाको बाल्टिमोरमा दु:खद निधन भएका चेतनाथ कंडेलका छोरा प्रसिद्ध कंडेलको अन्तिम दाह सँस्कारको लागि वानाद्वारा सन्चालन गरीएको गो फन्डमा जम्मा भएको $ १० हजार ९ सय ४५ डलरमा कमिशन कट्टा गरी गो फन्ड वाट प्राप्त रकम $ ९ हजार ९ सय ९९ डलर ३९ सेन्ट प्रसिद्धका भिनाजु सुजन भन्डारीलाई हस्तान्तरण गरियो l
रकम हस्तान्तरण कार्यक्रममा महाबाणिज्यदुत प्रेमराजा महत वानाका सम्पूर्ण कार्यकारी समिति र सल्लाहकार कमिटीको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा बोल्दै बानाका अध्यक्ष अनुसुया वन्त श्रेष्ठले सहयोग रकम संकलनमा सहयोग गर्नु हुने सबै महानुभावमा धन्यवाद ब्यक्त गर्दै बानाले यस प्रकारका सहयोग सधै गरिरहने बताउनु भएको प्रचार प्रसार संयोजक सुबोध विलास पन्तले जानकारी दिनु भयो ।
No comments:
Post a Comment