Tuesday, November 28, 2017

संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन ः नेता नेम्वाङ

इलाम, १२ मंसिर  ः पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार सुवास नेम्वाङले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् मात्र देशमा विकास र समृद्धिको ढोका खुल्ने बताउनुभएको छ ।

वाम गठनबन्धनले इलाम नगरपालिकाको बरबोटेमा आज आयोजना गरेको चुनावी सभामा उहाँले संविधानसभाबाट संविधान मात्र बनाएर नपुग्ने भएकाले यसको सफल कार्यान्वयनका लागि स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आवश्यक रहेकाले निर्वाचन हुन गइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वाम गठबन्धनले यो निर्वाचनपछि एक भएर सरकार निर्माण गर्छ र त्यो सरकार पाँच वर्ष चल्छ ।” इलाम २ नं क्षेत्रको विकासका लागि विगतमा पनि आफूले धेरै पहलकदमी लिएको र अहिले पनि केन्द्रमा निरन्तर खबरदारीसमेत गरिरहेको बताउनुभयो ।

उहाँले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि अहिलेको आवश्यकता रहेको बताउँदै आगामी दिनमा पनि विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...