Thursday, November 30, 2017

एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल

काठमाडौँ, १४ मंसिर ः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन कम्युनिष्टले लामो समयदेखि रगत, पसिना खर्चेको हुँदा आफूहरुको नेतृत्वमा बन्ने सरकारले एकतन्त्रीय शासन नगर्ने बताउनुभएको छ ।

साँखुमा आज आयोजित चुनावीसभामा उहाँले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि नै कम्युनिष्टको स्थापना भएको बताउनुभयो ।

नेता नेपालले कम्युनिष्ट पार्टीले निर्वाह गरेको भूमिका कारण नै संविधानसभाबाट संविधान जारी भएको र त्यसको कार्यान्वयनको वातावरण बनेको उल्लेख गर्दै मुलुकमा शान्ति, स्थायित्व कायम गरी नेपालीलाई सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धन भएको बताउनुभयो ।

वाम गठबन्धन निर्माण भएपछि मुलुकमा राजनीतिक स्थिरता नचाहने नेपाली काँग्रेसका केही नेताले अधिनायकवाद आउने भ्रम फैलाएको चर्चा गर्दै उहाँले त्यस्तो निराधार हल्लाका पछि नलाग्न मतदातालाई आग्रह गर्नुभयो ।

नेता नेपालले उत्तर कोरियामा जस्तो एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव नरहेको चर्चागर्दै “हामीले बलियो प्रतिपक्ष दलको रचनात्मक सहयोगसहितको वाम सरकार गठनका लागि जनतालाई आह्वान गरेका हौँ,” भन्नुभयो ।

“देशमा विकास गर्न यसपटक जनताले राजनीतिभन्दा माथि उठेर वाम गठबन्धनलाई मतदान गर्नपर्छ”–उहाँले भन्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले यसअघि कागेश्वरी मनहरा–८ मा आयोजित घरदैलो तथा कोणसभा कार्यक्रममा सहभागी हुनुभएको थियो ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...