Sunday, November 26, 2017

काहुरास्ट नेपाल द्वारा निर्वाचन सन्तोषजनक भएको ठहर

३२ जिल्लाबाट ३७ प्रतिनिधिसभा सदस्य, ७४ प्रदेशसभा सदस्य तथा समानुपातिक निर्वाचनका लागि आज सम्पन्न निर्वाचन सन्तोषजनक रुपले सम्पन्न भएको ठहर गरेको छ l

काहुरास्ट नेपाल को महासचिव मीना शर्मा द्वारा जारि गरिएको संचार छापा बिज्ञप्तिमा मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) नेपालले आज मिति २०७४ साल मंसिर १० (२०१७ नोभेम्बर २६) गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सम्पन्न पहिलो चरणको निर्वाचनको अनुगमन गरेको उल्लेख गरेको छ । काहुरास्ट नेपालद्वारा आज मतदानका दिन गरिएको पर्यवेक्षणको प्रारम्भिक रिपोर्टलाई समावेश गरी प्रेस वक्तव्य जारी गरेको बताएको छ l

(काहुरास्ट) नेपाल को छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

३२ जिल्लाबाट ३७ प्रतिनिधिसभा सदस्य, ७४ प्रदेशसभा सदस्य तथा समानुपातिक निर्वाचनका लागि आज सम्पन्न निर्वाचन सन्तोषजनक रुपले सम्पन्न भएको ठहर गरेको छ l

काहुरास्ट नेपाल को महासचिव मीना शर्मा द्वारा जारि गरिएको संचार छापा बिज्ञप्तिमा मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) नेपालले आज मिति २०७४ साल मंसिर १० (२०१७ नोभेम्बर २६) गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सम्पन्न पहिलो चरणको निर्वाचनको अनुगमन गरेको उल्लेख गरेको छ । काहुरास्ट नेपालद्वारा आज मतदानका दिन गरिएको पर्यवेक्षणको प्रारम्भिक रिपोर्टलाई समावेश गरी प्रेस वक्तव्य जारी गरेको बताएको छ l

आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानमा सहभागी मतदाताहरु धैर्यतापूर्वक लाइनमा बसी सहभागी रहेको पाइयो । बृद्ध, महिला तथा असक्तहरुको उपस्थिति पनि उत्साहप्रद देखियो । तर केही ठाउँका मतदान केन्द्रहरु अपाङ्गमैत्री भएको देखिएन ।

चुनाव बिथोल्ने नियतले अज्ञात समूहले चुनाव प्रचारप्रसारका क्रममा केही ठाउँमा उम्मेदवारहरुलाई नै निशाना बनाएर हिंसाको घटना घटाइएका थिए भने कतिपय ठाउँमा कार्यकर्ताहरुबीच झडपका घटना पनि भए । आज निर्वाचनकै दिन पनि मतदातालाई आतंकित पार्ने किसिमले गोरखा, बाग्लुङ, ताप्लेजुङ, बझाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोकका केही मतदान केन्द्रमा केही घटना हुँदा केही समयसम्म स्थिति असहज बनेको थियो ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं ५ को रत्न मावि ‘क’ मतदान केन्द्रको प्रतिनिधिसभाको मतपेटीकामा र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रको समानुपातिक मतपेटिकामा एसिडका कारण आगलागी भएका कारण मतदान कार्य स्थगित भएको छ । मतदान बिथोल्ने नियतबाट भएका यस्ता गतिविधिका बाबजुद समग्रमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उक्त छापा बिज्ञप्तिमा जनाएको छ ।

तीनवटा मतपेटीकामा मतपत्र खसाल्नु पर्दा केही समय लागेको भए पनि मतदाताले आफ्नो अधिकारको प्रयोग गर्न सकेको देखियो । निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुमा सुरक्षाको व्यवस्था, निर्वाचन तयारी र व्यवस्थापन सन्तोषजनक रहेको पाइयो । पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले यहि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ ।

२०७२ मा जारी संघीय संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास गर्ने क्रममा भएको यो निर्वाचनले नेपाली जनताको अधिकार स्थापना गर्न सहयोग पुग्दछ भन्ने हामीलाई लागेको छ ।

निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयोग लगायतका सम्बन्धित निकायहरु, राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, पे्रस एव सम्बन्धित सबैमा काहुरास्ट हार्दिक आभार व्यक्त गर्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...