Monday, December 25, 2017

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ, पुस १० गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिक्षण अस्पताल पुगेर आइतबार निधन भएका पूर्व क्षेत्रीय सभापति शम्शेरबहादुर राईलाई श्रद्धाञ्जलि दिनुभएको छ ।

दुई वर्षदेखि मुटु र मिर्गौलाबाट पीडित राईको उपचारका क्रममा आइतबार राति निधन भएको थियो । प्रधानमन्त्री देउवाले राईको पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा ओडाएर सम्मान गर्नुभयो ।

उहाँले राईको निधनले काँग्रेसलाई ठूलो क्षति पु¥याएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभयो । संखुवासभाका पूर्व सांसद टंकप्रसाद राईका बुबासमेत रहेका राई विगत दुई हप्तादेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले राईले नेपालको लोकतान्त्रिक विकासमाा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...