Tuesday, December 5, 2017

उच्च माविको खेलमैदानमा बम विस्फोट

महेन्द्रनगर, धनुषा, १९ मंसिर ः धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आज अपराह्न बम विस्फोट भएको छ ।

इप्रका महेन्द्रनगरले दिएको जानकारीअनुसार क्षीनपा–५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उमाविको खेल मैदानको पूर्वपट्टी बम विस्फोट गराइएको हो । विस्फोटबाट कुनै किसिमको क्षति नभएको प्रहरीले जनाएको छ । घटनापछि महेन्दनगर आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

क्षीरेश्वरनाथ उच्चमाविमा बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान स्थल रहेकाले चुनाव विरोधी गतिविधि गरिरहेका तत्वले सुतली बम विस्फोट गराएको हुन सक्ने अनुमान इप्रका महेन्द्रनगरका प्रहरी निरिक्षक नरेश सिंहले जनाउनुभयो । अहिले उक्त मतदानस्थलमा मतदाता परिचयपत्र वितरण कार्य निर्वाध रुपमा भइरहेको प्रनि सिंहले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...