Saturday, December 9, 2017

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौँ, २३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् ।

वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहेको सन्दर्भमा नेपाली काँग्रेस नेतृत्वको सरकारले जनअपेक्षा विपरीत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेर अलोकतान्त्रिक चरित्र देखाएको विद्यार्थी संगठनको भनाइ छ ।

अखिल(क्रान्तिकारी)का महासचिव उत्तम अधिकारी र अनेरास्ववियुका महासचिव ऐन महरले आज एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ ।

कामचलाउ सरकारले वामपन्थी गठबन्धनलाई सरकार गठनमा सहयोग पु-याउनुपर्ने समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर लोकतान्त्रिक गठबन्धनको बचेखुचेको साख समेत अन्त्य गरेको उल्लेख गरिएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै शुक्रबार खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र पेट्रोलमा प्रतिलिटर रु २ मूल्यवृद्धि गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...