Wednesday, December 27, 2017

मृगौलापिडित भोजकुमारको सहयोगका लागि एकजुट भए तामाङ कलाकार

सन्दीप खत्री भक्तपुर: दुवै मृगौला फेल भएर हाल मानव अङ्ग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचाररत २७ बर्षीय भोजकुमार तामाङको उपचारमा सहयोग जुटाउन तामाङ कलाकार एकजुट भएका छन् । डि. एस दोङको संयोजकत्वमा संचारकर्मी सुदिन दोङ लगाएतका युवाको आव्ह्वानमा तामाङ कलाकार द्वारा भक्तपुरमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

दुवै मृगौला फेल भएर उपचाररत भोजकुमार तामाङले सहयोगको लागि तामाङ कलाकारहरुको साथमा भक्तपुरमा बृहत साँस्कृतिक कार्यक्रम तथा तामाङ बचाउ अभियान सँचालन हुन लागेको हो ।

आर्थिक सङ्कलनका लागी यही पौष २९ गते शनिबार विहान १० बजे भक्तपुरको शुभकामना पार्टी प्यालेसको हलमा विविध साँस्कृतिक कार्यक्रम सहित भोजकुमार बचाउ अभियान गर्न लागेको दोङले जानकारी दिनुभयो ।

छोर्वाला काई रेडियो गेताङको ’भोजकुमार दोङ बचाउ अभियान’ सहित यो पाँचौ बचाउ अभियान हो। तामाङको उपचार सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा विकु थोकर , सञ्जिव वाईवा, विश्व दोङ, विशाल काल्तान, शसिकला मोक्तान, टीका बोम्जन, शुक्र दोङ, सुरेश लामा (नेपाली तारा टप ३), सरस्वती लामा (रक), प्रयास दोङ, अभिषेक तामाङ, जगत घिसिङ, पुजा लामा, हावा लामा, पेमा लामा, विहिन दोङ लगायतको सहभागिता रहने छ । बिगत लामो समय देखि कलाकारिताको क्षेत्रमा परिचित बिकु थोकरको कार्यक्रममा बेजोड प्रस्तुति समेत रहने छ।

आर्थिक अवस्था कमजोर भएका तामाङको रोग पत्ता लाग्नु भन्दा पहिला नै धेरै पैसा खर्च भई सकेको सुनाउँदै सहयोगको अपिल गर्नुहुने संचारकर्मी सुदिन दोङले भन्नुभयो भोजकुमारलाई मृगौला दिनको लागी परिवारका सदस्य तयार त हुनु हुन्छ तर मृगौला प्रत्यारोपण गर्न त परै जावस हाल अस्पताल बस्न समेत खर्च उहाँ सँग छैन, यसै कारण आफुहरुले तामाङ कलाकारहरुसँग सहकार्य गरेर भोजकुमार बचाउ अभियान सँचालन गर्न लागेको बताउनुभयो । ‘सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ भोजकुमारसँग सानो सहयोगले कसैको ज्यान नै बच्छ भने हामीले सहयोग गर्नु पर्दछ यसैले सवैलाई सहयोगको अपिल गर्दछु ’ दोङ बताउनुहुन्छ ।

Attachments area

Sandeep Khatri

Attachments5:39 AM (1 hour ago)

to DCnepaldcNewsNationalNarayaniShaileshE-sangrilarastriyaUskhabarTajaPurbelimenepalChitwanJanapukarBloggerLaligurashMedianpMANORANJANlightnepal1777OnlineRaftarBijayEkoshiPurbeliLike

भक्तपुर: दुवै मृगौला फेल भएर हाल मानव अङ्ग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचाररत २७ बर्षीय भोजकुमार तामाङको उपचारमा सहयोग जुटाउन तामाङ कलाकार एकजुट भएका छन् । डि. एस दोङको संयोजकत्वमा संचारकर्मी सुदिन दोङ लगाएतका युवाको आव्ह्वानमा तामाङ कलाकार द्वारा भक्तपुरमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

दुवै मृगौला फेल भएर उपचाररत भोजकुमार तामाङले सहयोगको लागि तामाङ कलाकारहरुको साथमा भक्तपुरमा बृहत साँस्कृतिक कार्यक्रम तथा तामाङ बचाउ अभियान सँचालन हुन लागेको हो ।

आर्थिक सङ्कलनका लागी यही पौष २९ गते शनिबार विहान १० बजे भक्तपुरको शुभकामना पार्टी प्यालेसको हलमा विविध साँस्कृतिक कार्यक्रम सहित भोजकुमार बचाउ अभियान गर्न लागेको दोङले जानकारी दिनुभयो ।

छोर्वाला काई रेडियो गेताङको ’भोजकुमार दोङ बचाउ अभियान’ सहित यो पाँचौ बचाउ अभियान हो। तामाङको उपचार सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा विकु थोकर , सञ्जिव वाईवा, विश्व दोङ, विशाल काल्तान, शसिकला मोक्तान, टीका बोम्जन, शुक्र दोङ, सुरेश लामा (नेपाली तारा टप ३), सरस्वती लामा (रक), प्रयास दोङ, अभिषेक तामाङ, जगत घिसिङ, पुजा लामा, हावा लामा, पेमा लामा, विहिन दोङ लगायतको सहभागिता रहने छ । बिगत लामो समय देखि कलाकारिताको क्षेत्रमा परिचित बिकु थोकरको कार्यक्रममा बेजोड प्रस्तुति समेत रहने छ।

आर्थिक अवस्था कमजोर भएका तामाङको रोग पत्ता लाग्नु भन्दा पहिला नै धेरै पैसा खर्च भई सकेको सुनाउँदै सहयोगको अपिल गर्नुहुने संचारकर्मी सुदिन दोङले भन्नुभयो भोजकुमारलाई मृगौला दिनको लागी परिवारका सदस्य तयार त हुनु हुन्छ तर मृगौला प्रत्यारोपण गर्न त परै जावस हाल अस्पताल बस्न समेत खर्च उहाँ सँग छैन, यसै कारण आफुहरुले तामाङ कलाकारहरुसँग सहकार्य गरेर भोजकुमार बचाउ अभियान सँचालन गर्न लागेको बताउनुभयो । ‘सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ भोजकुमारसँग सानो सहयोगले कसैको ज्यान नै बच्छ भने हामीले सहयोग गर्नु पर्दछ यसैले सवैलाई सहयोगको अपिल गर्दछु ’ दोङ बताउनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...