Tuesday, December 26, 2017

“बाको यस्तो कुराले बर्षमान पुन भावुक बने, अोनसरीले त आँसु नै झारिन्। सोचे होलान् , ‘तिमीलाई सुरुवाल किन्दिने छोरोलाई चुँडेर लाने हामी नै हौं ।’ भिडियो सहित !!

ज्वाला संग्रौला
साझा सवाल अंक ५२४ हेरेपछि रोल्पाको एक झुपडीमा जिन्दगीसँग सँघर्ष गरिरहेका दुईजना बुढाबुढी आमाबुवाका कथा ब्यथाले हृदय तहसनहस बनाईदियो।बिचरा यी बुढाबुढीका एउटै मात्र छोरा भुबन जनयुद्दको बेला शहीद भएका रहेछन् । शहीदका परिवारले पाउने दशलाख पनि यिनीहरुले आजसम्म पाएका छैनन्। बुढा बा भीरबाट लडेर हिँड्नै नसक्ने गरी थलिएका छन्।बुढी आमा राम्रो सँग बोल्न पनि जान्दिनन्।घरको छानो मकाएको छ, सिकुवाको डिल भत्किएको छ। अनुहारमा बाङगीटिङगा चाउरीका रेखाहरुले यिनीहरुको जीबनलाई छोट्याउँदै गएको भान हुन्छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...