Friday, December 29, 2017

फुलन्देकी आमा भन्छिन, ‘मर्नुपर्ने जीवनमा बुढो बिदेशमा छ भन्दैमा पराई मर्दमा आँखा लगाउँदिन’ [ भिडियो सहित ]

हाँस्य कलाकारको रुपमा फुलंदेकी आमा (उमेश राई) एक चिरपरिचित नाम हो । टेलीचलचित्र ‘गज्जब छ बा’ मार्फत फुलंदेकी आमाको भूमिकाबाट चर्चाको शिखर चुम्न सफल कलाकार हुन् उमेश राई। देश तथा बिदेशमा रहने नेपालीहरुले उनको अभिनय र नृत्यकौशलको खुलेर तारिफ गरेका छन । छोटो समयमा नै सबैको प्यारो बन्न सफल राई पछिल्लो समय विभिन्न मिडियाहरुमा अन्तर्वार्ता दिदैमा व्यस्त छन। उनको नयाँ दुइवटा म्युजिक भिडियोहरु बजारमा आउने क्रममा छन ।

पिएनपिखबरसँग कुराकानीको क्रममा फुलंदेकी आमा बनेका उमेश राईले महिलाको भेषभुषामा तयार हुन धेरै समय नलाग्ने र आफै तयार हुने बताए । पर्दामा छोटो कपडामा देखिन नचाहने उनी परम्परागत भेषभुषा र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिन्छन। दुइदिनको जिन्दगीमा श्रीमान बिदेशमा भएतापनि पराई मर्दमा नराम्रो नजर नलाउने उनले बताए।

जिन्दगीमा मर्नुभन्दा पहिले रमाइलो पनि गर्नुपर्ने भन्दै उनी कसरतको लागि पने नृत्य गर्ने बताउछन । आफैले जन्म दिन नसकेपनि दर्शकको अपार मायाले नै फुलंदेलाई जन्म दिएको भन्दै उनले आगामी दिनमा पनि दर्शहरुको साथ् पाउनेमा आफु आशाबादी रहेको बताए।

हेर्नुस फुलंदेको आमासँग गरिएको रमाइलो कुराकानी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts