Sunday, December 31, 2017

स्टोक सिटीलाई ५-० गोलले हराउँदै चेल्सी दोस्रो स्थानमा उक्लियो

काठमाडौं,१६ पुस । स्टोक सिटीलाई ५-० ले हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।आफ्नै मैदानमा गएराति भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, पेड्रो, विलियन, ड्यानी ड्र्ङ्किवाटर र जापाकोष्टाले एक एक गोल गरे ।

 

जितसँगै चेल्सीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको छ । म्यान्चेस्टर युनाईटेडलाई गएराती साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको हो ।प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपूलले लेष्टर सिटीलाई २-१ ले हराउँदा बर्नमाउथले एभर्टनमाथि पनि समान २-१ कै जित निकालेको छ ।

स्वान्सी पिसटीले वाट्फोर्डलाई उसैको मैदानमा २-१ ले हराउँदा हडर्सफिल्ड टाउन र बर्न्ले तथा न्युकासल युनाईटेड र ब्राईटनले गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिग फुटबलमा आज राती क्रिष्टल प्यालेस र म्यान्चेस्टर सिटी तथा वेष्ट ब्रोम र आर्सनल भिड्नेछन्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...