हेटौँडा, १५ मंसिर ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले लोकतान्त्रिक गठबन्धनको विजयले मुलकलाई आर्थिक समृद्धितर्फ लैजाने बताउनुभएको छ ।
मकवानपुरको गढी गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले
२१आँै शताब्दीमा लोकतान्त्रिक व्यवस्थाको विकल्प हुनै नसक्ने बताउनुभयो । “सर्वसत्तावादी चिन्तन र मान्यता जनतालाई स्वीकार्य हुन सक्दैन, जनताको सपना र चाहना लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव भएकाले आउँदो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई नेपाली मतदाताले विजयी गराउने छन्” उहाँले भन्नुभयो ।
सभामा मकवानपुर प्रदेश (क) का उम्मेदवार धर्म लामिछानेले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको जिकिर गर्नुभयो ।
No comments:
Post a Comment