Saturday, December 9, 2017

प्रदेश ‘ख’ खोटाङमा माओवादी केन्द्रका पासाङ विजयी

खोटाङ, २३ मंसिर ः प्रदेश ‘ख’ खोटाङमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ) विजयी हुनुभएको छ । वाम गठबन्धनका साझा उम्मेदवार पासाङ १८ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको हो ।

पासाङको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक गठबन्धनका विष्णुकुमारलाई वाम गठबन्धनका पासाङले छ हजार १३३ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०४१ सालदेखि राजनीति शुरु गर्नुभएका पासाङ २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सभासद् हुनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...