Sunday, December 3, 2017

सबारी दुर्घटनामा दुई भारतीयको मृत्यु

रौतहटमा छुटाछुटै भएको दुई सबारी दुर्घटनामा दुई भारतीयको मृत्यु भएको छ । चुनाव प्रचारको क्रममा मधेसी गठबन्धनको प्रचारको गाडी चलाइरहेका बीआर ०१ पीबी ३९३३ नम्बरको बोलेरो गए शनिवार राति बौद्धिमाई नगरपालिका ८ स्थित अणुवा खोलामा पुलबाट ३२ मिटर तल खस्दा चालक भारत मोतिहारीको बिजबनी गाउँका ४० वर्षीया गोपाल राय यादवको मृत्यु भएको छ भने गाडीमा सबार राजपुर नगरपालकाका तारकेश्वर साह, राम गोविन्द साह, राजेन्द्र साह, जगरनाथ साह, नगेश साह र गिरधारी साह घाइते भएका छन् । घाइते सबैको वीरगंजमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ । चालक यादवले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ ।

यसै गरी आइतबार बिहान सदरमुकाम गौर १ मा बा १७ च ८१४३ नम्बरको सफारी जीपको ठक्करले भारत सितामढीको सिन्दुरियाका ४० वर्षीय मजिद मन्सुरीको घटनास्थलमै मृत्यु भएको छ । गाडी ब्याक गर्ने क्रममा ठक्कर लागेपछि मजिदको मृत्यु भएको हो । मजिदले मदिरा सेवन गरेको र ठक्कर दिने गाडी सहित चालक भारत मोतिहारी ढाकाका सुरेश जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय गौरका नायब निरीक्षक जगदीश सिंहले जानकारी गराएका छन् ।

सञ्जय मित्र, रौतहट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts