Thursday, December 28, 2017

हिमालय चिनी मिल पुनःसञ्चालनमा

लहान, १३ पुस  ः उखुको अभावमा विगत सात महिनादेखि बन्द रहेको सिरहा चन्द्रअयोध्यापुरस्थित हिमालय चिनी मिल पुनःसञ्चालनमा आएको छ ।

किसानले उखु पु-याउन थालेसँगै जिल्लाको एक मात्र चिनी मिल पुनःसञ्चालनमा आएको हो ।

किसानले उखु मिलसम्म पु¥याउन थालेपछि चिनी उत्पादन गर्न शुरु गरिएको हिमालय चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिनुभयो । हिमालय चिनी मिलले २०७३ मंसिर २० गते देखि चिनी उत्पादन गर्न थालेको हो ।

देशभरिका १३ वटै चिनी मिलमध्ये उक्त चिनी मिलमा मात्र गुणस्तरीय चिनी उत्पादन गर्ने उपकरण रिफायनरिङ जडान गरिएको मिल व्यवस्थापनले जनाएको छ ।

दैनिक २५ हजार क्विन्टल चिनी उत्पादन गर्ने क्षमता रहेको उक्त मिलले हालसम्ममा ५० हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गर्न सफल भएकोे मिल व्यवस्थापनले जनाएको छ ।

सिरहामा करिब २५ हजार बिगाहा जग्गामा उखुखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । जिल्लामा उखुखेतीको क्षेत्रफल बढाउन हिमालय चिनी मिल र जिल्ला कृषि विकास कार्यालयले किसान लक्षित कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts