सञ्जय मित्र, रौतहट
जमिन सम्बन्धी विवादमा रौतहटमा दिउँसो गोली चलेको छ । रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका हरिकिशोर ठाकुरले अमिन ल्याएर आफ्नो खेत निकाल्दा छिमेकी अतिउल्लाहको खेतमा पुगेको थियो । आफू नभएको मौका छोपी ठाकुरले बलजफ्ती मेरो खेत हडप्न खोजेको भन्दै विवाद परेपछि सोमवार दुवै पक्षमा झगडा भएको थियो । झगडामा दुवै पक्षबीच ढुंगा–इँटा प्रहार हुन थालेपछि साम्य पार्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।
घटनामा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएपछि स्थानीयले करिब साढे दुई घन्टा चक्काजाम समेत गरेका थिए । घटनामा संलग्नलाई छानबिन गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो तर दुवै पक्षले गाउँमै झगडा मिलाउने सहमति गरेपछि प्रहरीले दुवैलाई छाडेको छ । अहिले स्थिति शान्त रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी गराएका छन् । दुवै पक्षको इँटा तथा ढुंगा प्रहारबाट घाइते चार जनाको गरुडामा उपचार भएको
No comments:
Post a Comment