Wednesday, December 27, 2017

अमेरिका छोटो कुरा गरौ है

 

विजय थापा ,अमेरिकनहरू छोटो कुरा गर्न मन पराउछन l अमेरिकन नेपाली तथा नेपाली मूलकाहरुको बिषयमा चर्चा परिचर्चा गरेको हैन l अमेरिकन मूलका बिदेशीहरुको बारेमा चर्चा हो l अमेरिकामा लम्बेतान गफ गर्न झर्को मान्दछन l जति संक्षिप्त भयो उति उनीहरु खुशी हुन्छन l

लामो र घुमाउरो मन पराउदैनन l संचार माध्यममा कुरा गर्दा पनि छोटो गर्दछन l बिषय वस्तुमा प्रवेश गर्न रुचाउछन l अमेरिकामा सिधा कुरा गर्नु पर्छ l उनीहरु चाहे जति ठिक्क गफ गर्न मन पराउदछन l बाह्र सत्ताईसका कुरा गर्न जान्दैनन् l

अमेरिकामा परिचय गर्दा पनि हामी जस्तो तीन पुस्तेको सोधखोज गर्दैनन l नाम फलाना हो भने पछि पुग्यो उनीहरुलाई l आफ्नो परिवारको बारेमा पनि धेरै बक्न चाहदैनन् l त्यो निजि मामला भएकोले ,त्यता तर्फ जादैनन् l तर हामी सबै कुरा जान्ने प्रयास गर्छौ l अमेरिकामा त्यसो गरे अस्वाभाविक ठानिन्छ l अनौठो मानिन्छ र बिचित्र ठान्दछन l मन पराईदैन l लहरो तान्दा पहरो जाने कुरामा नै जादैनन् l सारमा कुरा गर्न रुचाउदछ्न l

हामी प्रवासी हौ l उनीहरु सय दुई बर्ष अगाडी अमेरिकामा आएता पनि खाट्टी अमेरिकन मान्दछन l तर हामी कपाल कालो भएको मानिस बाहिर बाट आएका हुन् भन्ने पर्छ l यहाँ मानिस अति व्यस्त हुन्छन l आंकडा अनुसार विश्व मै सबै भन्दा ज्यादा घण्टा काम गर्ने मानिस अमेरिकामा छन् l २४ सै घण्टा जीवन चल्दछ l समय कम छ l

पैसाको पछाडि दौडिने नशा सबैमा छ l र त्यो जरुरी पनि हुन्छ l जीवन कठिन भएकोले संघर्ष गर्नु पर्ने हुन्छ l धेरै कुराकानी हुदा व्यक्तिगत जीवनका कुराहरु पनि खोतलिने हुन् सक्ने भएकोले धेरै गहिराईमा जादैनन् l संक्षिप्त कुरा गरि टुंग्याउने प्रयास गर्दछन l बेरोजगारीको प्रतिसत न्युनतम भएकोले मानिस व्यस्त पनि हुन्छन l

हामीलाई अझ पनि उताको धंगधंगे हुन्छ l र ,लामो कुरा गर्नु हाम्रो बिशेषता पनि हो l हामी लामो कुरा गर्न मन पराउछौ l सवै कुरा जानियो भनि हामी दंग हुन्छौ l तर ठिक उनीहरु बिपरित हुन्छन l व्यक्तिगत सोधपुछमा जाने भन्ने आदत अति कम हुन्छ l हामी नेपालमा ज्यादा फुर्सदमा हुन्छौ l अनि समय बिताउने मेलोमेसो नै भलाकुसारी र लम्बेतान गफ हुन्छ l

अमेरिकामा पुरुष तथा महिला दुवै नै व्यस्त हुने हुनाले समयको अभाव हुन्छ l कुरा गर्दा छोटो गरेर अन्यलाई पनि समय व्यवस्थापन गर्नु पर्ने हुनाले छोटो गफ गर्न रुचाउने हुन्छन l अमेरिकामा छोटो कुरा गरे सबैले सुन्नेछन् l

अमेरिका आउने र हुनेले पनि छोटो कुरा गर्नु उत्तम हुनेछ l कुरा संक्षेपमा गर्दा समय बचत हुनेछ l कुरा कम गरे मुखलाई आराम हुनेछ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...