Sunday, December 24, 2017

राष्ट्रपति भण्डारी र अध्यक्ष यादबबीच भेटवार्ता,राजनीतिक निकास दिन सुझाव

काठमाडौं, पुस ९ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका विषयमा राजनीतिक दलहरुबीच विवाद बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्श जारी राखेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज तराई केन्द्रित दलका नेताहरुसँग परामर्श गरेकी छिन् उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शितल निवासमै बोलाएर राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा छलफल गरेकी हुन ।

त्यस क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश स्वीकृत गरी राजनीतिक निकास दिन राष्ट्रपतिलाई सुझाव दिएको बताए ।

राष्ट्रपति भण्डारीले आजै राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्नेछिन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...