Thursday, December 28, 2017

मेरिल्याण्डका सांसदका उम्मेदवार ह्यारी भण्डारी दर्शन रौनियार झैँ दोश्रो पटक पराजित भएको हेर्नु नपरोस ,ईतिहास कोरियोस !

विजय थापा ,उत्तर अमेरिकाको ईतिहास मै अहिले सम्म नेपालीहरुले अमेरिकाको प्रतिनिधिसभा सदस्य या सांसद (बिद्यान सभा सदस्य) बन्ने अवसर पाएका छैनन् l र अझ पनि ३० देखि ४० बर्ष सम्म अमेरिका बसोबास गर्ने नेपालीहरुले आँट गर्न सकेका छैनन् l प्रतिनिधिसभा सदस्य या बिद्यान सभा सदस्यमा अहिले सम्म उम्मेदवार दिएकाहरु पहिलो चरण बाट नै बाहिरिएका छन् l जुन हाम्रो लागि राम्रो समाचार हैन l भबिष्य कसले देखेको छ ? अब आशा को किरण पलाउन पनि सक्ने सम्भावना रहेको छ l

जो जति उम्मेदवार भएका छन् उनीहरुले कम्तिमा पनि १० बर्ष देखि २० बर्ष अमेरिकाको पानी खाएर,बुझेर,सरसल्लाह गरेर र अमेरिकन मुलधारको राजनीतिमा लागेर र बिश्वास पत्र भएर मात्र चुनावी मैदानमा उत्रिएका छन् l अहिले सम्म कसैले पनि ईतिहास कायम गर्न सकेको छैन l

मेरिल्याण्डका नेपाली मूलका यूवा ह्यारी भण्डारी दर्शन रौनियार झैँ दोश्रो पटक पराजित नहुन भने सबैको चाहना रहेको छ l भण्डारीले सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपालीहरुको आवाज क्यापिटल हिल अर्थात् सांसद भवन सम्म पुर्याई दिउन भन्ने तिब्र ईक्षा रहेको छ l

डेमोक्रेटीक दलका उम्मेद्वार नेपाली मूलका भण्डारी दोश्रो पटक सांसद (बिद्यान सभा सदस्य)निर्वाचनको लागि उम्मेदवार दिएका छन् l सन् २०१४ मा अमेरिकन प्रतिनिधि सभाका लागि जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पनि पहिलो चरणबाटै बाहिरिन पुगेका थिए ।

मेरिल्याण्ड स्टेट डेलिगेट्स( राज्य विधानसभा सदस्य ) को लागी ” भण्डारी जिताउ अभियान” अन्तर्गत गत डिसेम्बर २७ ,२०१७ का दिन भण्डारीलाई जिताउन बेलुका दूर संचार प्रणाली (कन्फ्रेन्स कल) आयोजना गरिएको थियो ।

दोश्रो पटक पुन सांसदका लागि उम्मेदवार बन्ने नेपाली मूलका उम्मेदवार एचबि ह्यारी भण्डारी भएका छन् l सन् २०१२ मा पहिलो चरण बाट पराजित भएका दर्शन रौनियार दोस्रो पटक सन् २०१६ मा पनि पुन सोही पदमा हारेका थिए l रौनियार ४ जना डेमोक्रेटिक दलका उम्मेदवार मध्ये १२.६६ प्रतिसत मत प्राप्त गरेका थिए l

रौनियारले डेमोक्रेटिक दलका उम्मेदवारमा दोश्रो स्थान भएता पनि उनि पहिलो चरणमा पुन बाहिरिएका थिए l सन् २०१२ मा भएको उनको उम्मेदवारीलाई सबै नेपालीले सक्दो सहयोग गरेका थिए l रौनियार पहिलो पटक को उम्मेदवार हुँदा संचार माध्यममा छाएका थिए तर दोश्रो चरणको निर्वाचनमा पराजित भए पछि नेपाली संचार माध्यमले समाचारमा कन्जुस गरेका थिए l

यसै गरी सन् २०१४ मा जर्जिया एटलान्टा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी निर्वाचनमा पराजित भएकी थिइन् l अर्याल तथा रौनियार दुवैजना पराजित भए पछि मनोबैज्ञानिक रुपले नेपालीहरुले निर्वाचन नजित्ने हुन् कि भन्ने परेकोले आर्थिक सहयोग जति दर्शन रौनियारले ईतिहासमा पाएका थिए अन्य उम्मेदवारले पाएनन् l

यसरी सन् २०१२ मा वाशिंगटनबाट दर्शन रौनियार प्रथम चरणको निर्वाचन,२०१४ मा म्यारिल्याण्डको प्राथमिक चरणको निर्वाचनमा ह्यारी एच बि भण्डारी र नोवेम्बर ४ ,२०१४ तारिखमा भएको निर्वाचनमा डा रेग्मी समेत गरि तीन जना नै पराजित हुन् पुगेका थिए l

यसै गरी उत्तर अमेरिकाको क्यानाडामा भएको निर्वाचनमा दोश्रो पुस्ताका बेन्जामिन शर्मा पनि २०१४ मा पराजित भएका थिए भने उनि समेत लगाएर उत्तर अमेरिकाबाट ४ जना नेपाली मुलका सबैले अहिले सम्म चुनाबमा हार बेहोर्नु परेको छ l

अमेरिकामा निर्वाचनमा राजनीति र पैसा

हुन त अमेरिकामा चुनाब जित्न जति पैसा मतदाताबाट संकलन गर्न सक्यो उम्मेवारको प्रतिष्ठा र गौरब बढ्छ । जसलाई अमेरिकामा त्यसलाई राम्रो मानिन्छ । चुनावका लागि जहाँ पनि पैसा चाहिन्छ । अमेरिकामा रकम लिँदा पनि अत्यन्तै पारदर्शी हुन्छ । आफूलाई उम्मेदवार बनाएर जनताबाटै रकम र मत दुवै उठाइन्छ ।

अमेरिकामा राजनीतिमा प्रणालीले नै चलाइदिन्छ र उम्मेदवारले पद्धतिको पालना गर्नुपर्छ । पालना नगरे उम्मेदवारी नै खारेज हुन्छ । पारदर्शिताका लागि कुन व्यक्तिका लागि कहाँबाट कति पैसा उठाएको छ भनेर उम्मेदवारले पारदर्शिता देखाउनुपर्छ ।

चन्दा उठाउँदा १८ वर्षमाथिका नागरिकबाटै उठाउनुपर्छ । प्राथमिक उम्मेदवारलाई एक व्यक्तिले ५ हजार डलरसम्म दिन सक्ने हुन्छ भने कर नतिरेको व्यक्तिले पैसा दिन पाउँदैन । एक व्यक्ति या संस्थाबाट मोटो रकम दिदा उम्मेदवारको गौरब बढ्नु भन्दा ५ डलर या ५० डलर अधिकांश मतदाता या व्यक्ति या संस्थाले दिए उम्मेदवारको गरिमा वृद्धि हुन्छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...