Tuesday, December 5, 2017

पोखरा टाउन भेट्रान्स फुटसलको उपाधी दीप लाई

पोखरा १९ मंसिर – टिम टाउन लालिगुराँस पोखराले आयोजना गरेको प्रथम पोखरा टाउन भेट्रान्स कप फुटसल प्रतियोगितामा दीप युनाइटेड युवा क्लब ‘ए’ पहिलो भएको छ । प्रथमलाई १ लाख मेडल प्रमाणपत्रले सम्मान गरिएको छ । दीप युनायटेड क्लब ‘बि’ दोस्रो भएको छ । दोस्रो हुनेलाई ५० हजार मेडल प्रमाणत्रले सम्मान गरिएको छ । प्रथम भएको दीप युनाइटेड युवा क्लब ‘ए’ले दीप युनाइटेड युवा क्लब ‘बि’लाई ७–२ को अन्तले पराजित गरेर जीत हासिल गरेको हो ।
सेमिफाइनलमा दीप युनाइटेड युवा क्लब ‘ए’ले रानीपौवा स्पोट क्लबलाई हराएको हो । दीप युनाइटेड युवा क्लब ‘बि’ले लेकसाइड फुटबल क्लब माथि विजयी गरेको थियो । उक्त
प्रतियोगितामा ३५ वर्ष भन्दा बढी उमेर भएका खेलाडीलाई मात्र समावेश गराइएको थियो ।
मंसीर १६ र १७ गते सम्पन्न प्रतियोगिताबाट बचत रकम नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन जापान जाने १२ बर्ष मुनिको फुटबल टोलीलाई दिने बताईएको छ । बांकी रकम गरिब तथा जेहेन्दार विद्यार्थी एवं विविध सामाजीक कार्यमा खर्चिने कार्यक्रम संयोजक भिषण थापाले जानकारी दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...