Monday, December 25, 2017

तेज स्मरण शक्ति भएका झापाको भद्रपुरका युवा अर्पण शर्मा सहित उनको परिवारलाइ बिभिन्न खालका धम्कि दिएर मानसिक यातना दिन थालेको रहस्य सार्वजनिक भएको छ ।
स्वयं शर्माले नै यस बिषयमा सामाजिक सञ्जालमा आफ्ना कुराहरु राखेकाछन् । आफू यस प्रकारको घटनाबाट बिचलित नहुने बताउदै परिवारको भावानामाथि खेलवाड नगर्न पनि उनले आग्रह गरेकाछन् ।
शर्माले सामाजिक सञ्जाल फेसबुमा लेखेकाछन्
आज म मेरो भविष्य, करियर र जिन्दगीको पर्वाह नगरी मनको कुरा लेख्दैछु । किनकी मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा मेरो स्वाभिमान हो; भविष्य, करियर र जिन्दगी भन्दा पनि महत्वपूर्ण। सानै देखि म बरु मर्न तयार थिए, तर स्वाभिमान गुमाउन कहिल्यै पनि तैयार थिइन । नेपालीहरु बहादुर मात्रै होइन मानसिक रुपमा पनि विश्व जित्ने क्षमता राख्छन भनेर प्रमाणित गर्दै तेज स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाई विश्व कीर्तिमान गिनिज वर्ल्ड रेकर्ड कायम गर्नु पनि नेपाली हुनुको गर्व र स्वाभिमानकै उपज हो जस्तो लाग्छ मलाई।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...