Saturday, December 30, 2017

अमेरिकाको आयोवा राज्यमा बसोबास गर्दै आउनु भएका कम्प्युटर ईन्जिनियर सफल ब्याबसायी राधेश पण्डितको प्रायस र प्रायोजकमा बिरेन्द्र क्याम्पस भरतपुर चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण सुरु ।

गुञ्जानगर, चितवन, डिसेम्बर २४, २०१७ – अमेरिकाको आयोवा राज्यमा बसोबास गर्दै आउनु भएका कम्प्युटर ईन्जिनियर तथा सफल ब्याबसायी राधेश पण्डितको प्रयास र प्रायोजकमा बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा साईबर सेक्युरिटी ईन्टरन्यासनल द्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगातमक प्रशिक्षण संञ्चालन गरिएको छ । क्याम्पसका सबै बिषयमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो २ चरण गरि सुरु गरिएको उक्त कार्यक्रममा करिब १५० बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

final front picture.jpg

कार्यक्रमको पहिलो दिन प्रमुख अतिथी क्याम्पस प्रमुख गोबिन्द सापकोटले गर्नु भएको थियो भने बिद्यार्थीहरुसंग प्राध्यापक मिलन सर्माले समन्वय गर्नु भएको थियो । कार्यक्रमको सुरुमा प्रमुख अतिथी क्याम्पस प्रमुख गोबिन्द सापकोटाले सहभागि बिद्यार्थीहरुलाई साईबर अपराधको न्युनिकरण अहिलेको आबश्यकता रहेको र यो कार्यक्रमलाई अमेरिका देखि क्याम्पस सम्म लैजान प्रयास र प्रायोजक गर्नुहुने राधेश पण्डित ज्युलाई धन्यवाद दिनु भएको थियो ।

26056827_10155864453151000_1657720581_n.jpg

प्रमुख अतिथीको मन्तब्य पछि प्रायोजक राधेश पण्डितले अमेरिकाबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । सन्देशमा पण्डितले हामिले प्रयोग गर्ने प्रबिधीहरु साधारहण जस्तो लागे पनि त्यो साधाहरण नभएको र प्रयोगकर्ताले प्रयोग गर्दा सुरक्षित भएर चलाउनु पर्ने भन्दै साईबर सुरक्षाको प्रशिक्षणले बिधार्थीहरुलाई फाईदा पुर्याउने कुराको जानकारि दिनु भएको थियो ।

26133405_10155864453416000_807589920_n.jpg

साईबर सेक्युरिटी ईन्टरन्यासनलका संस्थापाक प्राध्यापक डा. रामहरि सुबेदी लगायत संस्थाका अन्य सदस्यहरु प्रशिक्षक पुजा गुरुङ्ग, मनिशा रानाभाट र मन्जु मगरले साईबर अपराध र सुरक्षाको उपायहरु बारे सहभागि बिद्यार्थीहरुलाई २ चरण गरि करिब ६ घण्टासम्म प्रशिक्षण दिएका थिए । कार्यक्रमको अन्तमा सहभागि बिद्यार्थीहरु र प्राध्यापक मिलन सर्माले कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको प्रतिकृया दिएका थिए ।

11.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

सहभागि बिद्यार्थीहरुको नामावली यसप्रकार रहेको छ ।

25675050_396003237511515_1480875634_n.jpg
26030693_396003057511533_1505958284_n.jpg
26034575_396003214178184_708503014_n.jpg
26034797_236281840244045_1138687429_n.jpg
26034832_236281940244035_913672215_n.jpg
26056786_10155864453121000_796267373_n.jpg
26056827_10155864453151000_1657720581_n.jpg
26056858_236282066910689_372053110_n.jpg
26057661_236281913577371_88707405_n.jpg
26057969_396003124178193_642704095_n.jpg
26133374_10155864453241000_1629269968_n.jpg
26133405_10155864453416000_807589920_n.jpg
26134901_10155864453201000_1855860849_n.jpg
26134972_10155864453341000_37058620_n.jpg
26135034_236282013577361_1254568488_n.jpg
26174709_10155864453246000_1297233549_n.jpg
26174745_10155864453326000_917447685_n.jpg
26174747_10155864453186000_804686825_n.jpg
26174821_10155864453156000_1891698004_n.jpg
26175252_236282046910691_802344264_n.jpg
26175270_10155864453171000_714490597_n.jpg
26175669_236281776910718_1573303246_n.jpg
26175772_236281903577372_1530089181_n.jpg
26176236_236282083577354_2006821719_n.jpg
26176456_236281810244048_1999802209_n.jpg
26176480_10155864453556000_1300470731_n.jpg
26197324_236281806910715_1553321901_n.jpg

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...