Thursday, December 7, 2017

उपत्यकाबाट एक हजार २०० सवारी नियन्त्रणमा

काठमाडौँ, २१ मंसिर  ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्वाचनको अवज्ञा गरी सवारीसाधन चलाएको भन्दै एक हजार २१९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यकाबाट बुधबार राति १२ बजेदेखि बिहीबार अपराह्न ४ बजेसम्म उक्त सवारी साधनलाई महाशाखाले नियन्त्रणमा लिई कारबाही गरेको हो । महाशाखाले निर्वाचनको समयमा सवारी साधन नचलाउन आग्रह गरेकोे थियो ।

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल एक हजार १६२, चारपाङ्ग्रे ५० र भारी सवारी साधन सातवटा रहेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...