Sunday, December 24, 2017

नेपालीले मन पराए सलमान र कट्रिनाको जोडी, ‘टाइगर जिन्दा हे’ हेरे पछी यस्तो छ दर्शकको प्रतिक्रिया [हेर्नुहोस् भिडियो सहित]

फिल्मको पहिलो दिनको कमाई सुनेर तपाई अचम्म पर्न सक्नुहुन्छ । यो यसकारण कि सन् २०१७ मा सलमान खानको यस फिल्मले कमाए जति कुनै पनि फिल्मले पहिलो दिन कमाएको छैन । मिडिया रिपोर्ट्सका अनुसार चलचित्रले पहिलो दिन नै झण्डै ३८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर खानको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो । ‘एक था टाइग’ ७५ करोडको बजेटमा निर्माण भएको थियो भने चलचित्रले झण्डै ३२० करोड कमाएको थियो ।

सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैफले सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्म एकदमै राम्रो बनेको भन्दै यसरि दर्शकहरुले प्रतिक्रिया दिएका छन्।

हेर्नुहोस् भिडियो सहित :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...