Sunday, December 24, 2017

‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुने !

काठमाडौं । युवा पुस्ताको क्षमतामा बृद्धि ल्याउनका लागि ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ । मिस्टर एन्ड मिस सुप्रानेसनल अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएको यस एक्स फ्याक्टर मोडेलका बिजेता सुप्रानेसनलको संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताको विजेतालाई ४ दिनको थाईल्याण्ड भ्रमणको समेत व्यवस्था गरिएको छ । साथै नगद पुरस्कार, फिल्म ,म्मुजिक भिडियो र कमर्सियल बिज्ञापनको अवसर दिइनेछ ।

यस प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूह पुरुष र महिला दुवैले सहभागिता जनाउन पाउने आयोजक संस्थाले जनाएको छ । अन्तराष्ट्रिय स्तरको यस प्रतियोगितामा प्रख्यात अभिनेता, मोडेल, निर्देशकहरु नयाँ अनुहार खोज्न आउने गरेका छन् । एक्स फेक्टर मोडल सम्पूर्ण मोडलिङमा आफ्नो भविष्य बनाउन चाहने र अन्तराष्ट्रिय स्तरमा पुग्न चाहने युवा युवतीको लागि उपयुक्त प्लेटफर्म रहेको एक्स फेक्टर टिमले जनाएको छ । प्रतियोगिताको लागि अडिसन भैरहेको आयोजक संस्थाले जनाएको छ।

एक्स फेक्टरमा सहभागि हुनेलाई अभिनय, र्याम्प मोडलिङ, फेशन मोडलिङ, १५ वटा भन्दा बढि फरक–फरक थिममा फोटोसुट लिने अवसर पाउने एक्स फेक्टर टिमले जनाएको छ । प्रतियोगिताको फाईनल प्रत्यक्ष प्रशारण समेत हुनेछ । प्रतियोगितामा सहभागि जनाउन एक्स फेक्टरको अफिसियल फेसबुक पेज र ९८२३५७६८०० मा सम्पर्क गर्न सकिने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...