Wednesday, December 27, 2017

भाउ खोज्ने प्रेमिका बाट दिक्क गायक उद्धब घिमिरे (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । दोलखा जिल्लामा जन्मिएका सबैको सांगीतिक ढुकढुकी उद्धब  घिमिरेले एकोहोरो रुपमा सिन्धुपाल्चोक कि निरु कार्कीलाई माया गरिरहँदा निरुले वास्ता नगरी भाउ खोजे पछी, गायक उद्धब  दिक्क भएर अबको दिनमा आफ्नो सोचलाई परिवर्तन गरेर अगाडी बढ्ने भएका छन् । उनले उक्त भनाइ एक गीतको रोमान्चक भाव अन्तर्गत अशंख्य श्रोता एवं दर्शन माझ सार्बजनिक गरेका हुन् ।

यो समयमा हुने बिभिन्न उत्सव महोत्स्वब लक्षित गरेर तयार पारिएको “भाउ खोज्नेको के पछी लाइरहने” नाममा बजारमा आएको यस गीतमा उद्धब घिमिरे र निरु कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने लय शब्द पनि सबैको प्रिय बन्न सफल उद्धब घिमिरेले नै तयार पारेका छन् ।

निकै रोमान्चक र यो चिसो समयमा यो गीत सुन्दा र हेर्दा न्यानो पनको महसुस हुने यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ ।भिडियोमा सन्जिब ठकुरी, करिश्मा ढकाल, मनिक गहतराज, भिम के.सी र राजकुमार रोकाको अभिनय देख्न सकिन्छ । मौसम हिमाली द्वारा निर्देशित यस भिडियोलाई छायांकन करन चैंसिर र सम्पादन मनोज कार्कीले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...