Saturday, December 23, 2017

राष्ट्रपति डोनाल्ड ट्रंपले संविधानको उल्लङ्घन गरेको आरोपको मुद्धा न्यायाधीश द्वारा खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले संविधानको उल्लङ्घन गरेको आरोपमा लगाईएको मुद्धा न्यायाधीश द्वारा खारेज भएको छ l उनि माथि माथि लागेको र अदालतमा दर्ता गराईएको उक्त मुद्धा संघीय न्यायाधीशले गत डिसेम्बर २१ तारिख खारेज गरि दिएका छन् l

अमेरिका कै धनाड्य मध्ये कै राष्ट्रपति द्वारा संचालित अनगिन्ती कारोबार मध्ये कै पाँच तारे अतिथि गृह तथा अन्य चमेना गृहले विदेशी सरकारी कामकाजको लागि अमेरिका आउँदा बिदेशी सरकार सँग ज्यादा ब्यापार हुने भनि दावी गरिएको आरोपको मुद्धा माथि फैशला भएको हो l

वादीले ट्रंपका कारोबार रहेका होटल भाडामा दिने ,सम्मेलन तथा अनेक कार्यक्रम गर्न कोठा उपलब्ध गराउनाले जुन संबिधानको प्रावधान बिरुद्ध उल्लङ्घन हुने भएको आरोप सहित अदालतमा मुद्धा दायर गरेका थिए l

तर न्यू योर्क दक्षिण जिल्लाका का न्यायाधीश जर्ज बि डेनीएल्सले वादीको उक्त दाबी बिरुद्ध फैशला गर्दै त्यसको असर र परिणामको प्रमाणित जुटाउन असमर्थ रहेको भनि न्यू योर्क टाइम्सले समाचार लेखेको छ l

सिटिजन्स फर रेस्पोन्सिबिलिटी एण्ड ईथिक्स इन वाशिंगटन (क्रिउ )ले अदालतमा मुद्धा दायर गरेको थियो l न्यायाधीशले राष्ट्रपति ले गर्ने आय आर्जन बारे कांग्रेसले रोक्न सक्नु पर्छ भनि उल्लेख गरेको छ l

तस्बिर : स्कट ओल्सन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...