Monday, December 4, 2017

सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धलाई पूर्ण लागु गर्न अनुमति दियो

डिसेम्बर ४ तारिख सोमबार अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पले केहि मुसलमान राष्ट्र लगायतलाई लगाएको अस्थाई यात्रा प्रतिबन्धलाई पूर्ण लागु गर्न अनुमति दिएको छ l

बिगतमा राष्ट्रपति ट्रंप को यात्रा प्रतिबन्धलाई मेरिल्याण्ड तथा हवाईका न्यायाधिसहरुले पुन रोक लगाई दिएका थिए l ८ वटा राष्ट्र माथि लगाएको यात्रा प्रतिबन्धलाई मेरिल्याण्डका न्यायाधिसले पुन: रोक लगाई दिएका थिए भने उनि यात्रा प्रतिबन्धलाई पुन रोक लगाउने दोश्रो न्यायाधिस भएका थिए l

चाड ,ईरान ,लिबिया ,उत्तर कोरिया ,सोमालिया ,सिरिया ,यमन तथा भेनेजुएलाका नागरिकहरुलाई अस्थाई यात्रा प्रतिबन्ध लगाईएको छ l मेरिल्याण्डका न्यायाधिस थियोडोर चुआङ्ग तथा हवाईका न्यायाधिस डेरीक वाटसनले संसोधित प्रतिबन्ध माथि समेत रोक लगाएका थिए l गत अक्टोबर १८ तारिख देखि नै लागु हुने उक्त यात्रा प्रतिबन्धलाई न्यायाधिसले रोक लगाएका थिए l

उक्त यात्रा प्रतिबन्ध ६ वटा मुसलमान देशका नागरिकलाई मुख्य लागु हुने भने पनि यो नै अन्तिम आदेश भने चै हुने छैन भनि समाचार छ l नीतिमाथि चुनौतिको सामना गर्नु पर्ने र संघिय अदालत को चक्कर काट्नु पर्ने समेत आई पर्ने सम्भावना हुन् सक्ने समाचार छ l

पछिल्लो संसोधित यात्रा प्रतिबन्ध उच्च न्यायालयले पनि स्वीकार गर्न सक्ने देखिएको र नीति माथि तल्लो अदालतले समस्या पाउन सक्ने छन् भनि डब्लुटिओ डटकमले लेखको छ l

व्हाइट हाउसका प्रवक्ता ले यो घोषणाले कुनै आश्चर्य नभएको बताएका छन भने दुई वटा न्यायाधिसहरुले सर्बोच्च अदालतको आदेशलाई असहमति जनाउदै टिप्पणी गरेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...