Saturday, December 9, 2017

टेक्ससका घरबार बिहिनलाई नेपाली द्वारा संचालित एचडिएनपी अन्तर्राष्ट्रियले नेपाली भोजन खुवायो

विजय थापा ,अमेरिकाको टेक्सस राज्यमा नेपाली द्वारा संचालित ‘हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल’ एचडिएनपी अन्तर्राष्ट्रियले घरबार बिहिन तथा अशक्तलाई भोजन गराएको छ l डिसेम्बर ९ तारिख शनिबारका दिन त्रैमासिक रुपमा भोजन गराई रहेको संस्था एचडिएनपी अन्तर्राष्ट्रियले आज बिशेष नेपाली खाना खुवाएको छ l

नेपाली खानामा पुलाउ र भात ,कुखुराको मासु ,सिमि ,सलाद तथा फलफुल आदि खुवाएको छ l अमेरिकाको टेक्सासको आर्लिंगटनमा स्थापित संस्थाले टेक्सस राज्यको ड्यालस को फोर्टवर्थको युनिटी पार्कमा ५ सय भन्दा ज्यादा लाई खाना खुवाएको छ l इशाईहरुको महान चाड क्रिसमस नजदिक आई रहेकोले क्रिसमस खाना कार्यक्रम सम्पन्न गरेको छ l

आज कार्यक्रममा ड्यालस फिलिपिनो लाइन्स क्लब का स्वयम् सेवक ले ठुलो सहयोग पुर्याएका थिए भने उक्त त्रैमासिक रुपमा भोजन खुवाउनको लागि सहयोग गर्ने प्रायोजक ,स्वयम सेवक तथा कर्मचारीहरुमा विशेष धन्यबाद संस्थापक देवी आचार्यले दिएका छन् l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडिएनपी इन्टरनेसनल ) अमेरिकी सरकारमा दर्ता भै मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l संस्थाले टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई खाना खुवाउदै आई रहेको छ l

उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ छ भने एचडिएनपी इन्टरनेसनल ले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ l

कुनै पनि संघ/संस्था तथा व्यक्तिगत रुपले आर्थिक सहयोग गर्न चाहनेले संस्था संग सम्पर्क गर्न समेत आग्रह गरिएको छ l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...