नेपालले एकल सगरमाथा आरोहण गर्न निषेध गरेको छ l हरेक बर्ष सगरमाथा आरोहण गर्न बसन्त तथा शरद ऋतुमा हजारौ पर्वतारोहीहरु नेपाल जाने गर्छन l मौसमले साथ दिना साथ नेपालका थुप्रै हिमालय आरोहण गर्दछन l
ताजा जानकारी अनुसार नेपालले सगरमाथा लगायत अन्य पहाडमा दुर्घटना कम गराउने उद्धेश्यले एकल आरोहण गर्न प्रतिबन्ध लगाएको अधिकारीहरुले डिसेम्बर ३० तारिख जानकारी गराएका छन् l
गत बिहिबार साँझ मन्त्रि परिषद ले संसोधित हिमालय राष्ट्र पर्वतारोही नियमलाई अनुमोदन गर्दै एकल पर्वतारोहीलाई आरोहण गर्न निषेध लगाइने भएको छ l उक्त कुरा आगामी बसन्त ऋतु २०१८ देखि लागू हुने भनेको छ l
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेले पहिले अनुमति रहेको थियो भन्दै एकल आरोहण निषेध गरिएको एएफपीले समाचार लेखेको छ l पर्वतारोहीहरुका लागि सुरक्षित को साथै मृत्यु दर कम गर्न कानुन परिवर्तन गरिएको बताएका छन् l
गत अप्रिल महिनामा नुप्त्से हिमाल आरोहण गर्ने क्रममा स्विस नागरिक उली स्टेक चिप्लिदा मृत्यु भएको थियो र उनि एकल भएकोले दुखद घटना घटेको थियो l यसले बहादुर र सर्बोत्कृष्ट पर्वतारोही लाई क्रोधित बनाउनु को साथै किर्तिमान कायम गर्ने र अक्सिजन बिना पर्वत चढ्नेलाई समेत बाधा अड्चन ल्याउने छ l
यसको साथै मन्त्रि परिषदले दुवै खुट्टा नहुने तथा नेत्रहीन पर्वतारोहीलाई समेत आरोहण गर्न बाट निषेध गर्ने कानुनलाई अनुमोदन गरेको छ l यसको साथै सगरमाथा आरोहण को लागि अपाङ्ग र अशक्तले ईक्षा जाहेर गरेता पनि त्यो कुरा पुरै बन्द भएको छ l
सन् २००६ मा न्यूजिल्याण्डका मार्क इंगलिस ले सगरमाथा आरोहण गरेका थिए भने उनि दुवै खुट्टा नभई त्यहाँ पुग्ने प्रथम पर्वतारोही भएका थिए l यसै गरि सन् २००१ मा अमेरिकाका अन्धा एरिक वेहेनमेएर सगरमाथा चढ्ने प्रथम आरोही भएका थिए l
पूर्व बेलायती सेनाका हरि बुढा मगर जस्ले अफगानिस्तानको युद्धमा आफ्ना दुवै खुट्टा गुमाएको भएता पनि उनको ईक्षा शक्तिको कारण सगरमाथा चढ्ने उनको योजना छ l तर प्रतिबन्धको कारण उनलाई यो अन्याय भएको उनको ठहर छ l
गत बर्ष करिव सम्म ४५० पर्वतारोही जस्मा १९० बिदेशी तथा २५९ जना नेपालीहरुले सगरमाथा दक्षिण मोहडा बाट आरोहण गरि सकेका छन् l
No comments:
Post a Comment