Monday, December 25, 2017

खप्तड गोल्ड कप पुस २१ देखि

धनगढी, १० पुस  ः ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता–२०७४’ यही पुस २१ देखि माघ १ गतेसम्म हुने भएको छ । आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, सहारा क्लब पोखरा, अग्नि रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब ललितपुर, र थ्रिस्टार क्लब गरी १२ एडिभिजन क्लबले सहभागिता जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले रु ११ लाख ११हजार १११, उपविजेताले रु पाँच लाख ५५ हजार ५५५, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १५–१५ हजार र प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई मोटरसाइकल पुरस्कार प्रदान गरिने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...