Wednesday, December 6, 2017

आचारसंहिता पालनामा प्रेस काउन्सिलको आम सञ्चारसमक्ष अपिल

काठमाडौँ, २० मंसिर  प्रेस काउन्सिल नेपालले निर्वाचनका समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालनामा सजक रही सत्य, तथ्य, सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्न सबै पत्रकार र आम सञ्चारमाध्यमलाई अपिल गरेको छ ।

संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा रहेको यो ऐतिहासिक निर्वाचन सफल बनाउन पत्रकार र आम सञ्चारमाध्यम फेरि पनि उत्तिकै जिम्मेवार, मर्यादित, उत्तरदायी र अनुशासित हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ ।

काउन्सिलले निर्वाचन विशेष अनुगमन गरेको उल्लेख गर्दै मतदानको सम्पूर्ण आधिकारिक परिणाम सार्वजनिक नभएसम्म चलिरहने काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

मतदान प्रक्रिया पूरा भई निर्वाचनका आधिकारिक परिणाम सार्वजनिक नहुँदासम्म स्वच्छ, सन्तुलित एवं निष्पक्षरूपमा समाचार सम्प्रेषण गर्नुु पत्रकार र आमसञ्चारमाध्यमको सामाजिक एवं राष्ट्रिय उत्तरदायित्व भएको काउन्सिलले स्पष्ट गरेको छ ।

गत कात्तिक २६ गतेदेखि यही मंसिर १९ गतेसम्म पहिलो र दोस्रो चरणको मौन अवधि र मौन अवधिअघिको समयमा आचारसंहिता पालना नगर्ने आमसञ्चारमाध्यमको संख्या दोहोरिएको हुँदा बढी (१५१ वटा) देखिए तापनि कूल ११६ वटा आमसञ्चारमाध्यममा ३०० वटा सामग्री आचारसंहिताविपरीत पाइएका छन् ।

आचारसंहिता पालना नगर्ने ती आम सञ्चारमाध्यमलाई ध्यानाकर्षण, सचेत, निर्देशन तथा स्पष्टीकरण मागसहित आचारसंहिता पालनामा सजग रहन पत्राचार गरिसकिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...