Monday, December 4, 2017

मिस क्विन लेखनाथको उपाधी ज्योतीलाई

पोखरा १८ मसिर – मिस क्विन लेखनाथ सिजन ३ को उपाधी पोखरा लेखनाथ ३२ गगनगौडाकी ज्योती खत्रीले जितेकी छन् । पोखरा सभागृहका सम्पन्न प्रतियोगितामा खत्रीले तेस्रो संस्करणको मिस क्विन लेखनाथ उपाधी जितेकी हुन् । प्रतियोगितमा फस्ट रनर अप पोखरा लेखनाथ ३१ पचभैयाकी सव्रिना ओलीले उपाधी जित्न सफल भईन् । त्यसै गरी सेकेन्ड रनर अप पोखरा लेखनाथ ३३ वागमाराकी दिपा आचार्यले प्राप्त गरीन् भने, भ्यूवर च्वाइस पोखरा लेखनाथ ३० मोेहरीयाकी आस्था थापाले प्राप्त गरीन् ।

४० जना सहभागी मध्येमा अन्तिम ७ उत्कृष्ठ फाइनालिष्ट प्रतियोगिहरु मध्येवाट विजेताले करिव २ लाख वरावरको स्कूटर र विभिन्न उत्पादनको व्राण्ड एम्वेष्डर, फष्ट रनर अपले नगद ५० हजार र गिफ्ट, सेकेन्ड रनर अपले नगद ३० हजार र गिफ्ट पाएका छन् । लेखनाथ क्षेत्रकै एक मात्र व्युटी कन्टेष्टमा १६ देखी २५ वर्ष सम्मका युवतीहरुले भाग लिन पाउने छन् ।  देखावटी सुन्दरता मात्र नभएर ‘व्यक्तित्व’ सहितको सुन्दरतामा निखारता ल्याउने हेतुले विगत तीन वर्षदेखि लेखनाथ मिडिया हाउसकोे आयोजना, फोटोमण्डल को सहआयोजना एवं सेभेन मिडिया नेटवर्कको ईभेन्ट व्यवस्थापनमा प्रतियोगिता हुँदै आएको प्रतियोगिताका संयोजन सन्दिप पौडेलले बताए ।

सुजुकी टु ह्वीलर्स मुख्य प्रायोजित कार्यक्रममा वाल्दै प्रमुख अतिथी वरिष्ठ उद्योगपती तथा राजनितिज्ञ सुर्य वहादुरले समाज परिवर्तनका लागी यस्ता कार्यक्रमले विशेष भूमिका खेल्नेमा जोड दिनु भएको छ । उहाँले अव सभ्य समाज निर्माणमा सवै एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । नेपाली कांग्रेस कास्की समानुपातीक तर्फवाट उम्मेदवार समेत रहनु भएको केसी अव नारी अधिकार  र व्यक्तित्व विकास गर्न मिस क्विन लेखनाथ सफल भएको भन्दै आयोजक प्रति आभार समेत व्यक्त गर्नु भएको थियो । प्रतियोगिताको निर्णायकमा पुर्व मिस पोखरा रजनी केसी, जक्सन डट कमका प्रवन्ध निर्देशक भूपाल गुरुङ्ग, फिल्मका नायक अमर सुवेदी र प्राध्यापक जितेन्द्र थापा रहेका थिए भने कार्यक्रमको सञ्चालन सुरेन्द्र वावु तिवारी, सचिन रानाभाट र सृष्टी आचार्यले गरेका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...