Tuesday, December 5, 2017

नेपाली काँग्रेसको जिल्ला नेताको घरमा बम विस्फोट

कपिलवस्तु, १९ मंसिर  ः बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ ।

नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् ।
पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ ।

त्यसैगरी आज बिहान पुनः दोस्रोपटक नेता भुसालको घरमा सकेट बम फेला परेको छ । बिहान करिब ५ बजे घरसँगै सकेट बम देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेको नेता भुसालका भाइ लक्ष्मण भुसालले बताउनुभयो । सो सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको थियो ।

निर्वाचनको मिति नजिकै आउँदा जिल्लामा विस्फोटका घटना बढ्न थालेका छन् । तर स्थानीय प्रशासनले भने सानातिना विस्फोटले निर्वाचनको कार्यलाई खासै असर नपु-याउने जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...