Sunday, December 3, 2017

अमेरिका नेपाल महिला संघ(आन्वा )मा विजया शाह पुन दोश्रो कार्यकाल को लागि अध्यक्षमा निर्वाचित

विजय थापा ,वाशिंगटन डीसी ,अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित सक्रिय मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल महिला संघ(आन्वा )मा विजया शाह पुन दोश्रो कार्यकाल को लागि अध्यक्षमा निर्वाचित हुनु भएको छ l

नव निर्वाचित अध्यक्ष शाह अमेरिकामा ४० बर्ष देखि डीसी महानगर क्षेत्र मै बसोबास गर्दै आउनु भएको छ भने नव गठित समितिको कार्यकाल दुई बर्ष को लागि हुने छ l उक्त जानकारी आन्वा निर्वाचन समिति का निर्वाचन प्रमुख ,संस्था कि पूर्व अध्यक्ष तथा महिला अधिकारकर्मी माधवी बस्नेत कार्कीले एक छापा बिज्ञप्ति जारी गरि उक्त नया कार्यकारी समिति गठन भएको जानकारी गराउनु भएको छ l

समितिमा अधिकांश समिति सदस्यहरु पुरानै अनुहारका रहेता पनि केहि पदमा सामान्य हेरफेर गरिएको छ l उक्त कार्यकारी समितिको अध्यक्षमा विजया शाह ,अधिवक्ता तथा उक्त संस्था कि महा सचिब बन्दिता शर्मा दाहाल उप सभापतिमा निर्वाचित हुनु भएको छ l

यसै गरि अन्जु शर्मा सचिव तथा सरला पाण्डे कोषाध्यक्षमा निर्वाचित हुनु भएको छ l कार्यकारी समितिमा मिना प्रधान ,लीना रुपाखेती तथा भवानी शर्मा निर्वाचित हुनु भएको छ l

निर्वाचित भए पछि निर्वाचन समितिले शुभकामना व्यक्त गर्दै संस्थापक सदस्य ,संस्थाका सदस्य तथा स्वयम् सेवक रुपमा काम गर्ने सबैलाई धन्यवाद दिएको छ l निर्वाचन समितिमा माधवी बस्नेत कार्की प्रमुख तथा सदस्यहरुमा क्रमस सुनिता सिवाकोटी तथा सरिता डंगोल रहनु भएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...