Monday, December 4, 2017

बौद्ध समाज कोलोराडोमा गठन

डिसेम्बर ३, २०१७
कोलोराडो, अमेरीका
कोलोराडोमा आईतबार आयोजित एक भेलाले बौद्ध समाज कोलोराडो बिधिवत् रुपमा गठन गरेको छ ।

वेष्टमिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेण्टमा अरुणकुमार गुरुङको प्रमुख आतिथ्यता तथा स्थानिय संध संस्थाका प्रतिनिधी ,गन्यमान्य, बुद्धिजिवी ,पत्रकारहरुको उपस्थितीमा बौद्ध समाज कोलोराडो गठन गरिएको हो ।

बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन बौद्ध धर्मालम्बी एक जुट हुनुपर्ने आवस्यकता महसुस भएकोले संस्था गठन गरिएको बताइएको छ ।

नव गठित बौद्ध समाजको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सःहसचिवमा क्रमश अक्कल तमाङ, सोनाम शेर्पा, पासाङ शेर्पा, संन्दिप लामा र संजय शाक्य रहेका छन् । यसैगरी कार्य समितीका सदस्यहरुमा जगमाया तमाङ, राजसिह गुरुङ, कर्म शेर्पा, पार्वती गुरुङ, पासाङ शेर्पा, देबी गुरुङ र धनराज गुरुङ रहेका छन् ।

त्यसैगरि भेलाले ३ सदस्सिय सल्लाहकार समिती र ३ जना लामाहरु पनि चयन गरेको छ । यसरी चयन गरिएको सल्लाहकारहरुमा मेजर लाक्पा शेर्पा, पूर्णबहादुर गुरुङ र अरुणकुमार गुरुङ रहेका छन् । त्यस्तै लामाहरुमा ज्ञान दोर्जे, सोनाम शेर्पा, पेमा दोर्जे रहेका छन् ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा अतिथीहरुले सुभकामना मन्तब्य दिदै नव गठित संस्थाले शान्तिका दुत गौतम बुद्धको अहिंसा र शान्ति मुल संन्देश संसार भर फैलाउन सकोस भन्दै, आजको बिश्वमा यसको टडकारो आवस्यकता रहेको बताएका छन् ।

यसरी सुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथी अरुणकुमार गुरुङ, तमुधि कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङ, रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, हिमालयज लायन्स क्लव लङमन्टका उपाध्यक्ष एबं यूएस नेपाल न्यूजका बिकल पराजुली लगायतका अथितीहरु रहेका थिए ।

अन्यमा समारोहका सभापती अक्कल तमाङले कार्यक्रममा उपस्थित भई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै बुद्धको जन्म भुमी नेपालनै हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन सबैको साथ र सहयोगको खांचो रहेको बताएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...